काठमाडौँ ।
सत्तारुढ गठनबन्धन दलका शीर्ष नेताले कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा प्रकाशरण महतले सरकारको आगामी नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्नेबारे सुझावका लागि आज आह्वान गरेकाे गठनबन्धको बैठकमा शीर्ष नेताले विदेश पलायन हुने युवालाई रोक्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डेले भने, “सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ, गठबन्धन दलका सबैबाट प्रधानमन्त्री र अर्थमन्त्रीले के–के विषयवस्तुमा अघि बढ्ने भनेर सुझाव माग्नुभयो, हामीले पनि त्यहीअनुसार सुझाव दिएका छौँ ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बैठकमा अहिलेको अर्थव्यवस्था र मुलुकको अवस्थाको बारेमा छलफल भएको र प्रणाली सुधार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सिंहदबारमा बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।
रासस
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.