तनहुँ ।
व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्धारको काम पुरातात्विक भक्तपुरे इँटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ।
विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी बाराही मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फत १५ लाख र स्थानीय श्रमदान एक लाख २० हजार दुई सय ५८ को लागतमा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो। मन्दिरको निर्माण कार्य भइरहे पनि पूजा अर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उनले बताए।
मन्दिरको संरचना निर्माणलगायतका कामका लागि करिब ८५ लाखको लागत अनुमान रहेको मन्दिर पुनःनिर्माण समितिले जनाएको छ। उक्त क्षेत्रका करिब दुई सय घरधुरीका दुई हजार पाँच सय मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।
रासस
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.