www.tandavnews.com
Fact ~ In search of truth

आफन्तबाटै हत्या

झापा ।

झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
Batas
आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताए । उनले भने, “आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको सजाय भोगिरहेका छन् ।”
उनले जिल्लाका विभिन्न पालिकामा शिशुदेखि वृद्धवृद्धासम्मको हत्या, श्रीमान्, छोरा, आफन्त, छिमेकी र बुहारी लगायतबाट भएको बताए । उनले घरेलु हिंसा, आर्थिक समस्या, मानसिक समस्या, शङ्का, विवाहोत्तर सम्बन्ध, वैदेशिक रोजगारी, जाँड/रक्सी र लागुऔषधका कारण हत्याका घटना परिवारमा धेरै हुने गरेको अनुसन्धानका क्रममा देखिएको बताए।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.