www.tandavnews.com
Fact ~ In search of truth

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

मनहरी ।

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Batas
प्रदेश सरकारले आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.