www.tandavnews.com
Fact ~ In search of truth

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणद्वारा ठेक्का तोड्ने चेतावनी

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका हुन् । निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए ।

गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका उनले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् । त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताए ।

Batas

उनले तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गरे । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा सम्झौता गरेको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सवस्टेसनको निर्माण पनि कोभिड–१९को महामारीलगायत कारणले असर परेकाले आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.