www.tandavnews.com
Fact ~ In search of truth

नागरिक समाज सञ्जाल पर्वतको पदस्थापना, संयोजकमा पौडेल

पर्वत ।

नागरिक समाज सञ्जाल पर्वतको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि वर्ष २०७९ का संयोजक राजेन्द्र प्रसाद पौडेलले वर्ष २०८० का संयोजक माधव पौडेललाई पदभार हस्तान्तरण गरि पदस्थापना गराएका हुन् । पौडेल नेपाल मानवअधिकार संगठनका वर्तमान अध्यक्ष समेत हुन् । उनी सो संगठन र विभिन्न अन्य नागरिक संगठनहरु मार्फत पर्वत जिल्लामा विगत १ दशक देखि प्रत्यक्ष रुपमा मानवअधिकार र वकालतका क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

नागरिक समाज सञ्जालको पर्वतका संयोजक राजेन्द्र प्रसाद पौडेलको अध्यक्षता, जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष विष्णुराम वि.क. को प्रमुख आतिथ्यता र गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष रमेश प्रसाद रिजालले संचालन गरेका थिए ।

Batas

गैसस महासंघ नेपाल गण्डकी प्रदेश सचिव शिवप्रसाद शर्माले नागरिक समाज सञ्जालको परिचय र विगत देखी वर्तमान सम्मका गतिविधि र भविष्यको कार्यदिशा समेत उल्लेख गरी एक प्रस्तुती गर्नु भएको थियो ।

द्वन्द र राजाको प्रत्याक्ष शासनको बेलामा वि.सं २०५८ सालमा नागरिक संगठनहरुको नागरिक अधिकारहरु कुण्ठीत हुन नदिने हेतुका साथ साझा अभियान र समन्वयमा सुरुवात भएको यो अभियानको पुनर्गठन वि.सं २०६६ सालमा र सञ्जालको वर्तमान स्वरुप २०७३ साल बाट सुरु भएको बताइन्छ ।

नागरिक समाज सञ्जालमा जिल्ला स्थित नागरिक संगठन र संघहरुको पनि छाता संगठन परिसंघका रुपमा विकास गरिएको छ । जसमा जिल्ला स्थित विभिन्न ३७ वटा संघ तथा महासंघहरु आवद्ध छन ।

अत्यावश्यकीय नागरिक सेवा सुविधा र गुणस्तर, मानवअधिकार, लक्षीत वर्गको अधिकार आदी यसको कार्यक्षेत्र रहँदै आइरहेको पाइन्छ ।

सञ्जालको हरेक वर्ष नयाँ संयोजक चयन गर्ने र पद हस्तान्तरणको अभ्यास रहँदै गरिँदै आएको छ । आगामी वर्ष २०८१ को संयोजकको रुपमा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापालाइ चयन गरि सकिएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.