www.tandavnews.com
Fact ~ In search of truth

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

इनरुवा ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन् । नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको उनले उल्लेख गरे।

सुनसरीको सदरमुकाम इनरुवामा बिहीबार जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए ।

Batas

नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उहाँले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.