www.tandavnews.com
Fact ~ In search of truth

लेनदेन काण्डः ‘बुवा विरुद्ध तमसुकदेखी आफ्नै भाइलाई बलात्कारसम्मको आरोप’

पोखरा
ताण्डव न्यूज ।

परिवारमा दिदिलाई आमाको दर्जामा राखिन्छ । आमा जस्तै दिदिलाई पनि उत्तिकै माया र विश्वास गरिन्छ । तर अर्जुन बस्ताकोटी र उनको परिवारको हकमा भने त्यस्तो भएन । साक्खै दिदि सिता देवी बस्ताकोटीले गरेको व्यवहार पछि अहिले अर्जुन र उनका परिवार अचम्मीत छन् । अहिले दिदिभाई बिच ठूलो दुश्मनी छ । पोखरा–२४ कास्कीकोटका अर्जुन, भाई सूर्य आफ्नै दिदिबाट पिडित भएको गुनासो गरेका छन् । आफ्नै दिदिबाट विभिन्न पिडा खेप्नु परेको भन्दै उनीहरु अहिले न्याय मागीरहेका छन् ।

दिदि भाईको पवित्र सम्बन्धले यस्तो मोड तब लियो जब अर्जुन र भाई सूर्य बस्ताकोटीले विदेशबाट पठाएको रकम दिदि सितासँग मागे ।

Batas

अर्जुन २०६३ सालामा स्वीजरल्याण्ड गएका थिए । पढ्ने शिशिलामा गएका अर्जुनले एक बर्ष पछि आफुले कमाएको पैसा दिदि सितालाई पठाउन थाले । कहिले नेपाली ३० हजार देखी १३ लाखसम्म गरि विभिन्न मितिमा गरि उनले दिदिलाई करिब ७५ लाख नेपाली रकम पठाए ।

यसबाहेक बाँकी स्टेटमेन्टका प्रमाणहरु ताण्डव न्यूजसँग सुरक्षीत छन् ।

२०७१ सालामा अर्जुन र सूर्य दाजुभाई मिलेर पोखरा–२ अर्चलबोटमा घर किन्ने निर्णय गरे । सोही बेला दिदिलाई पठाएको पैसा आवश्यक प¥यो भनेर सूर्यले मागे । सूर्य नेपाल नै आएको बेला थियो तर दिदिले रकम दिइनन् ।
घर किन्ने भनेर आँटेपछि अर्जुनले सूर्यलाई लेकसाईडको घर बेचेर केही रकम र अपुग बैंकबाट ऋण लिन लगाए । दिदिले रकम नदिने निर्णय गरिन् । भाइहरुको पैसा तिर्न पर्छ भन्दै उनले रकम नतिर्न अनेक जाल बुनेको अर्जुनले ताण्डव न्यूजलाई बताए ।

रकम दिन नपरोस् भनेर सिताले आफ्नौ आमा बुवा (माईती) विरुद्ध जाल रचेको आरोप भाइहरुको छ । सिताले आफ्नै ८६ वर्षिय बुवा देवी प्रसाद बस्ताकोटीलाई ७५ लाख दिएको भन्दै तमसुक समेत बनाएको उनले सुनाए ।

आफु पिडामा परेको भन्दै अर्जुनले गत फागुन २३ गते केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौमा दिदि सिता विरुद्ध ठगि गरेको आरोपमा उजुरी दिए । ब्यूरोले सोही अनुसार कास्की प्रहरीलाई सक्कलै जाहेरी दरखास्त र कागजात चलानी राखी पठायो । त्यति मात्र होइन सिता विरुद्ध अकुत सम्पती आर्जन गरेको भन्दै सम्पत्ती शुद्धिकरण विभागमा पनि फागुन २८ गते उजुरी परेको छ । सिता विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा बैशाख १७ गते ठगी तथा अनुचित लेनदेन शिर्षकमा उजुरी दिए । सोही आधारमा कस्की प्रहरीले गत बैशाख २४ गते सितालाई पक्राउ समेत गरेको थियो ।

यस विषयमा सितादेवी बस्ताकोटी पौडेलले आफु पनि पीडित रहेको बताईन् । भाइहरुलाई घर किन्दा आफुले रकम हालिदिएको सिताको भनाई छ । आफुले पनि भाईहरुबाट पैसा नपाएको गुनासो सिताले गरिन् ।

‘छोरीको गलत नियत, दीर्घ मानसिक रोगी बुवा विरुद्ध जालसाजी’

पोखरा–२४ कास्कीकोट निवासी देवीप्रसाद बस्ताकोटीको चार छोरी मध्ये सिता देवी बस्ताकोटी पौडेल माइली छोरी हुन् । त्यस्तै तीन छोरा मध्ये अर्जुन बस्ताकोटी माईलो र सूर्य बस्ताकोटी कान्छो छोरा हुन् ।

अर्जुन र सूर्यले स्विजरल्याण्डमा कमाएको पैसा यिनै दिदि सितालाई पठाउने गर्थे । जेठो दाई छुट्टीएर बसेको र बुबा दीर्घ मानसिक रोगी भएको कारणले दिदिकै नाममा दुवै भाइहरुले रकम पठाउने गरेको बैंक स्टेट्मेन्टमै देखिन्छ । दिदिसँग रकम मागेर नपाएपछि घरमा विवाद हुन थाल्यो । दिदिले पनि रकम फिर्ता नदिन परोस भनेर अनेक बहाना खोजिन् । त्यति मात्र होइन दिदिले आफ्नै बुवा देवीप्रसाद बस्ताकोटीलाई ७५ लाख रुपैयाँ दिएको तमसुक बनाइन् । २०५१ सालदेखि मानसिक रोग लागेका बुवा सोही समयदेखी नै औषधी सेवन गर्र्दै आएका थिए । दीर्घ मानिसक रोगी बुवालाई रकम दिएको भन्दै तमसुक र सोही तम्सुकमा आफ्नै आमा धर्मादेवी बस्ताकोटीलाई साक्षी राखियो ।

गल्ती गर्ने मान्छे कहिँ न कहिँ चुक्छ भने झैँ यस तम्सुक काण्डमा सिता चुकेको देखिन्छ । २०७१ साल असार २६ गते बिहिबारको दिन पोखरा राष्ट्र बैंक चोकमा तमसुक तयार गरिएको छ । तर सोही दिन बुवा बिरामी भएर गण्डकी अस्पताल राखेको कागजात परिवारले प्रहरी र अदालतमा पेश गरेका छन् ।

तमसुक २०७१ सालमा नभई केही बर्षपछि बुवालाई फसाउन नक्कली कपाली तमसुक तयार पारिएको अर्जुनले बताए । ‘गलत नियत राखेर आफ्नो बुवा आमालाई उजुरी दिने छोरी पनि हुँदा रहेछन्,’ अर्जुनले भने, ‘ बुवाआमा विरुद्ध नक्कली तमसुक नबनाएको भए हामी भाइहरुले दिदिलाई पठाएको रकम फिर्ता माग्ने थिएनौँ । आफ्नै दिदि हो खाईन् भनेर बसिन्थ्यो होला तर उल्टो मानसिक दीर्घ रोगी बा विरुद्ध मुद्दा हाल्ने । बुवा र आमालाई सोध्दा विदेश जान पासपोर्ट बनाउन भन्दै दिदि सिताले कागजातमा छाप लगाउन आएको भन्नुभयो । कास्की प्रहरीकहाँ आमाले पनि यही भन्नु भएको छ ।’

बुवालाई झुक्याएर बनाएको तमसुकमा दिदि सिताको पक्षबाट बसन्तराज अधिकारी साक्षी बसेका छन् भने लेखनदासमा मनहरी अधिकारीको नाम छ । साक्षी बसन्तलाई नै तम्सुक बारे थाहा नभएको अर्जुनले बताए । ‘मैले केही बर्ष अघि बसन्तलाई फोन मार्फत सम्पर्क गरेर सोधेको थिए । त्यो बेला बसन्तले आफुलाई केही थाहा नभएको फोन मार्फत बताएका थिए । अहिले बयान फेरेका छन् रे । बसन्तले त्यो बेला बोलेको अडियो रेकड नै म सँग अझै सुरक्षित छ ।’

तमसुक लेखेका वकिल मनहरी अधिकारीले पछिल्लो मितिमा राखेर तम्सुक तयार पारिएको ताण्डव न्यूजसँगको फोन सम्पर्कमा स्वीकारे । यता तमसुककै साक्षी बसेका बसन्तराज अधिकारीले भने दुई भाईहरु नै गतल भएको आरोप लगाए । ‘दिदिले घर किन्दा पैसा हाल्दिएका हुन्,’ बसन्तराजले भने, ‘तम्सुक सोही मितिमा बनाएका हुन् । बा आमा आफैले सहि छाप गरेका हुन् ।’

‘पैसाकै कारण कान्छो भाईलाई बलात्कारको झुटो आरोप’

जब दुई दाजुभाई अर्जुन र सूर्यले दिदि सितासँग पैसा माग्न थाले तब बाट सम्बन्धमा चिसो सुरु भयो । भाईले पठाएको पैसा दिन नसकेपछि दिदिले अनेक वहाना गरिन् । पैसा तिर्न नपरोस् भनेर दिदिले अनेक वहाना बनाएपनि भाईहरु दिदिलाई छोड्ने पक्षमा थिएनन् ।

लेनदेनकै कुराले मनमा चिसो पसेपनि दिदिसँग भेटघाट भने हुने गथ्र्यो । केही बर्ष अघि आफुहरुले नसोचेको आरोप दिदिले लगाएको आज (शनिबार) फेसबुक मेसेन्जर मार्फत सूर्य बस्ताकोटील बताए ।
सूर्यका अनुसार काठमाण्डौँ टेकुमा दिदि सिताले आफु विरुद्ध बलात्कार र अपहरणको आरोप लगाएकी थिइन् । आफ्नै भाईलाई आरोप लगाएपछि प्रहरी पनि अचम्ममा परेको उनको भनाई छ ।

अर्का भाई अर्जुनले पनि नाजायज आरोप लगाएर भाईलाई हतकडी लगाएर प्रहरीकहाँ पुर्याइएको बताए । ‘यही लेनदेनकै कारण केही बर्ष अघि हाम्रो पैसा फिर्ता नगर्न दिदिले यस्तो आरोप लगाउनु भयो कि हाम्रो परिवार सबै चकित प¥यौँ,’ अर्जुनले भने, ‘हाम्रो कान्छो भाई, दिदिको पनि त आफ्नै भाई भयो । सूर्यलाई दिदिले बलात्कारको आरोप लगाइन् ।’

त्यस पछि टेकु प्रहरीले सूर्यलाई बोलाए । मलिन अनुहार लिएर सूर्य टेकु प्रहरीकहाँ पुगे । प्रहरीले सबै कुरा सोधेपछि स्पष्ट भए कि सिताले नै गलत आरोप लगाएको भन्ने । रकम लेनदेनको कुरा नमिलेपछि भाईलाई बलात्कारको आरोप लगाएको भन्ने थाहा पाएपछि प्रहरीले सूर्यलाई छाडिदिएको बताए । ‘मलाई दिदिले बलात्कारको आरोप लगाएर प्रहरीकहाँ पुर्याइयो, मैले मेडिकल गरौँ भनेपछि दिदि हच्किएकी हुन्,’ मेसेन्जरमा कुरा गर्दै सूर्यले थपे, ‘त्यो बेला महिला प्रहरीले दिदिलाई यस्तो नहुदो आरोप लगाउने भन्दै झापड पनि हान्नु भएको थियो ।’

म पनि पीडित हुँ : सिता

भाईहरुलाई घर किन्न आफुले लगानी गरिदिएको सिता देवी बस्ताकोटी पौडेलले ताण्डव न्यूजसँग बताईन् । पोखरा–२ मा घर किन्न भाई सूर्यको नाममा सिताले २ करोड ५० लाख रकम हालिदिएको बताईन् । भाईहरुले नै लेनदेनको कुरामा आफुमाथी अन्याय गरेको उनको भनाई छ । भाईहरुबाट आफु र बसन्तराज अधिकारीले रकम लिन बाँकी रहेको उनले सुनाईन् ।

यदी सूर्य भाईकै नाममा पैसा हालेर घर किनिदिएको हो भने किन बुवाको नाममा तमसुक बनाएको रु भन्ने प्रश्नमा उनले बुवाले नै आफै भनेका कारण तमसुक बनाएको बताईन् ।

तर यता भाई अर्जुनका अनुसार बुवालाई केही थाहा नभएको बताए । बुवा दीर्घ मानसिक रोगी भएकै फाइदा दिदिले उठाउन खोजेको उनको आरोप छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.