www.tandavnews.com
Fact ~ In search of truth

‘एस.सि.एम’ अन्तर्गत पोखरा मणिपालमा नेपाल प्रहरीको ‘अध्ययन भ्रमण’

पोखरा ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्ट्राटेजिक कमाण्ड एण्ड मेनेजमेन्ट (एस.सि.एम) कार्यशाला अन्तर्गत प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको टोलीले पोखरा मणिपाल शिक्षण अस्पतालमा अध्ययन भ्रमण गरेका छन् । गत बिहिबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अस्पतालको कार्यपद्धती, व्यवस्थापन, आगामी योजना र चुनौतीहरुबारे प्रहरीको उच्चस्तरीय टोलीले जानकारी लिएको हो ।

एस.सि.एम अन्तर्गत प्रतिष्ठानले गण्डकी प्रदेश प्रहरी कार्यालयको समन्वयमा उत्कृष्ट सेवा र व्यवस्थापन रहेको संस्थाहरु मध्ये पोखराको मणिपाल शिक्षण अस्पताल छनौट गरेको थियो । मणिपालका निर्देशक डा. अभिषेक मास्केले उपस्थितहरुलाई स्वागत गर्दै एक्सपोजर भिजिट अन्तर्गत मणिपाल छनौट गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे ।

Batas

सो अवसरमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले श्रब्यदृश्य मार्फत अस्पतालको परिचयका अतीरिक्त रणनितिक तथा नितीगत योजना र त्यस्को कार्यन्वयन, पोखरा मणिपाल शिक्षण अस्पतालबाट उप्लब्ध हुने सेवाहरुको किसिम तथा विशेषज्ञहरु, सेवाग्राहीहरुको व्यवस्थापन तथा गुनासोहरुको ब्यबस्थापन बारे जानकारी गराए । उनले संगठनात्मक, बिकासका चुनौतीहरु, सामाजिक, राजनीतिक, प्रशासनिक तहको व्यवस्थापन, वित्तिय तथा वातावरणिय पक्षको व्यवस्थापन, स्थानिय सरकार तथा अन्य सम्बन्धित पक्षहरुसँग कसरी समन्वय र सद्भाव कायम गर्ने भन्ने विषयबारे समेत स्पष्ट पारे ।

सिइओ अनिल ओडवीलद्वारा २ घण्टाको उक्त ‘कोचिङ सेसन’लाई सम्पूर्ण उपस्थित महानुभावहरुले प्रशंसा गरेका थिय । जहाँ 5 जना प्रहरी नायव महानिरिक्षक र १० जना प्रहरी बरीस्ट उपरीक्षहरु सहभागी थिय । कोर्स कोर्डिनेटर प्रहरी नायब महानिरीक्षक रबिन्द्र केसीले स्ट्राटेजिक कोचिङ सेसनको प्रशिक्षण दिनु भएकोमा अस्पतालका सिइेओ अनिल ओडुविललाई धन्यबाद सहित कृतज्ञता ब्यक्त गरे । यस्तै अस्पताल सञ्चालक समितिका निर्देशक नारायण प्रसाद पौडेलले देशको सुरक्षार्थ अहोरात्र खटिने प्रहरीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धतासहित धन्यवाद ब्यक्त गरे ।

प्रतिष्ठानका तर्फबाट कोर्ष को ओर्डिनेटर प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सीको नेतृत्वमा २० जनाको सहभागी थिए ।

प्रहरी नायव महानिरीक्षक के.सीले अस्पतालमा भौतिक रुपमै उपस्थित भएर अन्र्तक्रिया गर्न पाउँदा नीतिगतसँगै व्यवहारीक ज्ञान हाँसिल गरेको उल्लेख गर्दै भ्रमण फलदायी भएको प्रतिक्रिया जनाए ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले मणिपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै अस्पताललाई मायाको चिनो प्रदान गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.