
काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले विद्यमान आर्थिक सङ्कट नटर्ने दाबी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रलाई शीघ्र सुधारका लागि लिनुपर्ने नीति तथा कार्यक्रम बजेटमा नरहेको भन्दै सङ्कटापन्न नेपाली अर्थतन्त्रको पुनःस्थापनाका लागि योजना नरहेको टिप्पणी गरे।

उनले भने “आगामी आवको बजेट समस्याको पहिचान नगरी प्रस्तुत भएको छ । मेरो नेतृत्वको सरकार हुँदा अर्थतन्त्र उकालो लाग्दै गएको अन्तर्राष्ट्रिय क्षेत्रले उल्लेख गरेको थियो तर पछिल्ला वर्षमा ओरालो लाग्दै गएको छ ।”
उनले आगामी आवको बजेटले १५औँ आवधिक योजना तथा दिगो विकासका लक्ष्य हासिल गर्न नसक्ने जिकिर गरे । अध्यक्ष ओलीले देशको गौरव, इज्जत, प्रतिष्ठालाई ख्याल गर्दै जनताका इच्छा आकाङ्क्षालाई सम्बोधन गरी भावी पुस्तालाई सबल र समृद्धि मुलुक हस्तान्तरण गर्नुपर्नेमा दायित्व रहेको बताए ।
रासस
—
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.