www.tandavnews.com
Fact ~ In search of truth

दोहोरी प्रतिष्ठान गण्डकीले रक्तदान कार्यक्रम गर्ने

पोखरा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशले रक्तदान कार्यक्रम गर्ने भएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर प्रतिष्ठानले जेठ ३२ बिहीबार रक्तदान कार्यक्रम गर्न लागेको हो ।

बिगतका वर्षहरुमा झै यो पटक पनि प्रतिष्ठान गन्डकी प्रदेशले आफ्नो नियमित कार्यक्रम अन्तर्गत बिश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गर्ने भएको संस्थाका कोषाध्यक्ष एवम् संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा चिप्लेढुंगाको विपी चोकमा बिहान रक्तदान कार्यक्रम हुनेछ ।

Batas

२०६६ सालदेखि चोलेन्द्र पौडेलको कार्यकालबाट सुरुवात गरिएको सो कार्यक्रम अहिले अध्यक्ष राजन कार्कीको कार्यकाल सम्म आइपुगेको छ ।

सो कार्यक्रममा सबैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्तिलाई सम्मान साथै विविध सांस्कृतिक कार्यक्रम समेत रहने सुवेदीले जानकारी दिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.