www.tandavnews.com
Fact ~ In search of truth

लाहाचोक र घाचोकका १ सय १५ विपन्न परिवालाई नमस्ते किड्सद्वारा खाद्यान्न सहयोग

पोखरा
ताण्डव न्यूज ।

अनाथ बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको नमस्ते किड्सले माछापुच्छ्रे गाउँपालिका ३ र ४ का १ सय १५ विपिन्न परिवारलाई खाद्यान्नका सामाग्री सहयोग गरेको छ ।

किड्सका पोखरा संयोजक सगुन गुरुङको नेतृत्वमा हिजो (बुधबार) वडा न. ३ का अध्यक्ष सुर्य प्रसाद लम्साल र वडा ४ का अध्यक्ष पुर्ण बहादुर शाहीले सिफारिस गरेको विपन्न परिवारलाई राहात स्वरुप २ लाख ५० हजार बराबरको राहात वितरण गरेको हो ।

Batas

किड्सका संयोजक गुरुङले अनाथ तथा जेहेन्दार बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताउदै पछिल्लो समय कोरोना कहरको चपेटामा परेका विपन्न परिवारहरुलाई सहयोग गरिरहेको जानकारी दिए ।

‘लाहाचोक र घाचोकबाट हामीलाई खबर आएपछि केही दिन वास्तविक विपन्न परिवार ऐकिन गर्न समय लाग्यो, उनले भने, ‘वडा र स्थानिय टोलका अग्रजहरुबाट १ सय १५ घर परिवारको नाम सिफारिस भएपछि सहयोग लिएर पुगेका हौं ।’

गुरुङले कोरोना कहरका कारण विपन्न परिवारको दैनिकीमा समस्या परेका बताउदै भने, ‘हाम्रो सहयोग यथेस्ट नभएपनि केही सघाउ हुन्छ कि भनेर सहयोग गरेका हौं ।’

सहयोग प्रदान गर्न पुगेका सोही टिमका सदस्य सन्तोष मिजारका अनुसार सो विपन्न परिवारलाई चामल, नुन, तेल, दाल लगायतको खाद्यान्न सामाग्री वितरण गरिएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.