www.tandavnews.com
Fact ~ In search of truth

आहा ! रारा गोल्ड कप फागुन ९ देखि

पोखरा
ताण्डव न्यूज ।

१७ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ फागुनको ९ गतेदेखि १८ गतेसम्म हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलुकद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले हरेक वर्ष जस्तो यो वर्ष पनि पोखरा रंगशालामा हुन लागेको छ ।

गतवर्ष १२ दिन सम्म चलेको फुटबल प्रतियोगिता यो पटक १० दिनसम्म रहने क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए ।

Batas

‘एन्फाले नै १० दिनको लागि डेट फिक्स गरेर पठाएको छ,’ उनले भने, ‘प्रतियोगिता दुई दिन घटेपनि खेलको रौनक र खेल टिमको उल्लेख्य सहभागी रहनेछ ।’ प्यारापिट नहुँदा दर्शकलाई गाह्रो हुने हुँदा स्काफोल्डिङबाट त्यसको तयारी हुने उनले बताए । ‘कृतिम रुपमा प्यारापिट मिलाएर लैजाने सोंच बनाएका छौं । खेल रंगशालामा बाहेक अन्य विकल्प हामीले सोचेका पनि छैनौं । त्यसैले दर्शकले यो पटक दुखकष्ट गरेर भएपनि हेर्नुहुनेछ,’ उनले भने ।

उनले यति नै टिम फिक्स भैनसकेपनि विदेशी टिमसँग पनि कुराकानी भइरहेको खुलाए । ‘प्रतियोगिता हुने समय अझै बाँकी छ । अवस्य पनि राम्रो विदेश टिम आउनेछन्’ उनले भने । प्रतियोगितामा ए डिभिजनका क्लबहरु, विभागीय टिम, विदेशी टिम र आयोजक टिम रहनेछन् ।

आहा रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा प्रथम र दोस्रो पुरस्कारको धनराशी बृद्धि गरिएको छ । यो पटक प्रथम हुने टिमले ८ लाख १ हजार रुपैयाँ र दोस्रो हुने टिमले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३० लाख १ हजार रुपैयाँ गरिएको छ भने ९७ लाख ९८ हजार ९ सय रुपैयाँ अनुमानित खर्च गरिएको छ । ३२ लाख २ हजार १ सय रुपैयाँ बचत गर्ने अनुमान आयोजकले गरेको छ । उक्त बचेको रकम क्लवद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्नवर्गका बालकहरुका निमित्त खर्च गरिनेछ ।

१७ औं संस्करण प्रतियोगिताको ट्रफि, मेडल, म्यान अफ दी म्याचको नगद पुरस्कारको प्रायोजना सहारा युकेले गरेको छ । यो वर्ष पनि ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५’ बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबका सदस्य सचिव विश्वराज बरालले जानकारी दिए । उनका अनुसार सम्मानित खेलाडीले ३५ हजार, प्रमाणपत्र र दोसल्ला प्रदान गरिनेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.