www.tandavnews.com
Fact ~ In search of truth

अनिलको ह्याट्रिक गोलले थ्रिस्टार सेमिफाइनलमा प्रवेश

सन्तोष सुवेदी
पोखरा÷ताण्डव न्यूज ।

अनिल गुरुङको ह्याट्रिक गोलले थ्रिस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा जारी १७ औं आहारारा गोल्डकपमा सोमबार भएको खेलमा युनाइटेड सिक्किम क्लबलाई ५–२ को गोल अन्तरले हराउँदै थ्रिस्टार सेमिफाइनलको यात्रा तय गरेको हो ।

थ्रिस्टारलाई लिड गर्नुमा अनिल गुरुङको ह्याट्रिक गोल काफी रह्यो । खेल रोमाञ्चक नबनेपनि २६ मिनेटमा थ्रिस्टारले पाएको पेनाल्टी बललाई अनिल गुरुङले गोल गरी खाता खोले । पहिलो हाफमा एक गोल गरेको थ्रिस्टारले दोस्रो हाफ अर्थात ५१ मिनेटमा अर्को गोल गर्यो ।

Batas

अनिल गुरुङले प्रहार गरेको बललाई सिक्किमका किपरबाट रिवाउन्ड भएको बललाई सिक्किमकै जिग्मी डोर्जे बुद्धितले क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुग्यो । त्यस्तै खेलको ७० औं मिनेटमा थ्रिस्टारकै अजय मार्टिन्स क्यावडेले अर्को गोल थपे । थ्रिस्टारका अनिलले खेलको ८१ मिनेटमा र ८५ मिनेटमा लगातार गोल गरी अग्रता लिए ।

सोमबार भएको खेलमा पाएको राम्रो अवसरलाई सिक्किमले चुकाउन पुग्यो । खेलको ८९ मिनेटमा सोनम तेर्जिङ बुद्धितले गोल गरे । निर्धारित समयको अतिरिक्त समय ९३ मिनेटमा वाङ तेर्जिङ लेप्चाले गोल गरे । खेलमा ह्याट्रिक गरेका थ्रिस्टारका अनिल गुरुङले म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।

‘सिक्किम राम्रो खेलेपनि हामीले दुई गोल लक्कीले पाएका थियौं,’ थ्रिस्टारका कोच मेघराज केसीले भने, ‘त्यही दुई लक्की गोलले नै लिड गर्नमा सहायता खेल्यो ।’

सिक्किमका फुटबल क्लबका कोच मायाल डोक लेप्चाले राम्रो प्रिपियर गरेर खेल्दा पनि हार्नु परेको बताए । ‘व्याडलक नै भन्नुपर्छ । यति धेरै अन्तर पर्ला भन्ने लागेको थिएन्,’ उनले भने ।

मंगलबार अन्तिम प्रि क्वाटरफाइलनमा नेपाल पुलिस र धउफिन्स फेमिलि टिम फुटबल क्लब, क्यामरुन बीच हुनेछ ।

तस्विर ः गोल नेपाल डटकम कास्की

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.