www.tandavnews.com
Fact ~ In search of truth

हेमजा आलु महोत्सवमा ९५ लाखको कारोबार

पोखरा ।

नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ शुक्रबार सकिएको छ । महोत्सवमा भित्र वाहिर गरी ९५ लाखको आलुको कारोवार र ६२ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आयोजना गरेको रत्यौली प्रतियोगितामा इन्द्रेणी आमा समूह प्रथम, नमुना आमा समूह द्धितीय, गुप्त कालिका आमा समूह तृतीय तथा दहरे देउराली आमा समूह र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान इकाइ हेमजा सान्त्वना भए ।

Batas

उत्कृष्ट लुठो तर्फ सृजनशिल आमा समूह, उत्कृष्ट दुलाह दुलही तर्फ गन्धर्व आमा समूहले पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी उत्कृष्ट कृषि स्टल तर्फ कामधेनु कृषक समूह, उत्कृष्ट व्यापारिक स्टल तर्फ सुजीत एण्ड स्वेता स्टोर्स र उत्कृष्ट रेष्टुरेण्ट्र तर्फ न्यू रिसिड्ड तनहुले पुरस्कार प्राप्त गरे ।

महोत्सव अवधिभर उत्कृष्ट नृत्य गर्नेलाई पनि पुरस्कार प्रदान गरिएको थियो । महोत्सव उत्कृष्ट नृत्य गरेवापत लामा चौतारा खुट्टाको गौंडा आमा समूहले च्याङ्ग्रा पाप्त गरेको छ ।

त्यसैगरी राधा कृष्ण आमा समूहले ३ हजार, पोखरा–२५ हेमजाका डम्वरबहादुर खड्काले भाले, धम्पुसका नरेश विकले पोथी तथा पोखरा–१० रामवजारका चन्द्रबहादुर गुरुङ, सानु गुरुङ तथा पोखरा–९ का कमल कार्कीले १÷१ हजार प्राप्त गरेका छन् ।

महोत्सवमा क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट ५ जनालाई पुरस्कृति गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा गोर्खाका गाई फार्मका राजेन्द्रराज पन्त, स्याड्डजाका सुन्तला खेती किसान रामप्रसाद भण्डारी, अर्घाखाचीका किसान गणेशप्रसाद वञ्जाडे, गुल्मीका किसान विनबहादुर कुँवर र लम्जुङका किसान कृष्णप्रसाद वजगाई रहेको प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलायका उपसचिव माधवप्रसाद लम्सालले जानकारी दिए ।

समापन कार्यक्रममा बोल्दै प्रदेश नं.४ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले हेमजा शित भण्डार निर्माणका लागि मन्त्रलायले पहल गर्ने बताए । उनले यहाँका आलुले गर्दा हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा चिनाएको हुँदा आलुको उत्पादन वृद्धि गर्नका लागि पहल गर्नु पर्ने उल्लेख गरे ।

कृषका लागि अव राज्य समस्या नभई समन्वयको भूमिका खेल्ने उनको भनाइ थियो । ‘अवको जनमा खेती गर्ने किसानको हो । किसानका लागि राज्यले सवै ढोका खुल्ला राख्ने छ,’मन्त्री थापाले भने,‘अवको सरकारले किसानका हितमा योजना ल्याउने छ ।’

कार्यक्रममा पोखरा लेखनाथ महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष शोभकर तिमिल्सिना, कृषि सहकारीको तर्फबाट भिमप्रसाद श्रेष्ठले बोलेका थिए । शुक्रवार चोलेन्द्र पौडेल, जीवन दाहाल शंकर विरही गुरुङ, लक्ष्मी नेपाली, माया केसी, निश्चल थापा परशुराम अधिकारी, गंगा त्रिपाठीको प्रस्तुति रहेको थियो ।

विष्णु पादुका क्लब हेमजाका अध्यक्ष रमेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले स्वागत र कार्यक्रम सञ्चालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.