www.tandavnews.com
Fact ~ In search of truth

आर्वा विजयको ३५औँ वार्षिकोत्सव सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

आर्वा विजय माध्यमिक विद्यालयले ३५औँ वार्षिकोत्सव मनाएको छ । पोखरा १३ स्थीत विद्यालयमा सोमबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिक्षाको विकासले मात्रै देशको विकास सम्भव रहेको जनाए । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि जोड पुग्ने गरि अघि बढाउनु पर्ने उनको भनाई थियो ।

Batas

पोखरा महानगरका मेयर मानबहादुर जिसीले विद्यालयहरु स्थानीय निकाय मातहतमा रहेका जनाउँदै योजना बनाएर अघि बढ्ने बताए ।

पुर्व जिविस उपसभापति श्रीनाथ बरालले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले त्यस विषयका लागि अघि बढ्न सुझाए ।

पोखरा १३का वडाध्यक्ष दर्शन लामाले विद्यालयहरुमा आइसीटी युक्त शिक्षा प्रदान गर्ने कक्षाहरु सञ्चालनमा ल्याउने बताए ।

विद्यालयका प्रधानाध्यापक शिवराज पौडेल विद्यालयको प्रगति प्रतिवेदन र शिक्षक चन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

कार्यक्रममा अमरसिंह स्रोत केन्द्रका स्रोत ब्यक्ति शिव प्रसाद सापकोटा, अमर ज्योती आ.विका प्रअ विमल प्रसाद बराल, चन्डीका आविका प्रअ जमानसिंह गुरुङ, कोपिला बराल, हरिप्रसाद बराल, हिमलाल बराल लगायतले मन्त्ब्य राखे । विद्यालयको शिक्षकको तर्फबाट झलक पौडेल र विद्यार्थीबाट दीपक पौडेलले विद्यालय र शिक्षाबारे बोलेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण विकले गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.