www.tandavnews.com
Fact ~ In search of truth

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिने षड्यन्त्र भएको आरोप

पोखरा । 

नेपाली काँग्रेस कास्की शाखाले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो ।

विमानस्थलको निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु यहाँ विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै खेद पनि प्रकट गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पार्टी सभापति कृष्ण केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलका सम्बन्धमा दिएका अभिव्यक्तिले विमानस्थल निर्माणमा चलखेल र कमिसनको खेल त होइन रु भन्ने गम्भीर आशंका उत्पन्न गराएको बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले उक्त विमानस्थललाई यस प्रदेशको समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको बताउँदै सन् २०२१ सम्म विमानस्थल निर्माण गराउने कुरामा प्रदेश सरकार लाग्ने विश्वास दिलाए ।

विमानस्थल निर्माण हुन नदिने षड्यन्त्रस्वरुप विज्ञ समूहबाट आएको प्रतिवेदनको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले पनि आजै मुख्य मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।-रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.