www.tandavnews.com
Fact ~ In search of truth

‘एक्याप’ले राजश्व दुरुपयोग गरेको भन्दै स्थानिय आक्रोसित

विनिता सुनार
पोखरा, ताण्डव न्यूज ।

पर्यटकिय अन्नपूर्ण पदयात्रामा सरकारको आँखा छलेर एक्यापले राजश्व दुरुपयोग गरेको भन्दै अन्नपूर्ण संरक्षण क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालय कास्किका प्रमुख चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाएका छन् । बर्षेनी करोडौँ रुपैयाँ राजश्व उठाएपनि पछिल्लो समय संरक्षित क्षेत्रमा कुनै उल्लेखनीय काम नगरेको भन्दै बासिन्दाले ज्ञापन पत्र बुझाएका हुन् ।

२०२० को नेपाल भ्रमण घोषणा अनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई नै असर पुग्ने गरी एक्यापले अन्नपूर्ण क्षेत्रभित्र आन्तरिक र बाह्य पर्यटकसंग मनपरी राजश्व लिने गरेको स्थानिय बासिन्दा राम गुरुङले बताए । ‘मनपरी शुल्क असुली गर्दा स्थानिय संगै पर्यटकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर परेको छ,’ उनले भने, ‘चर्काे शुल्क तत्कालै खारेज हुनपर्छ ।’

Batas

अवलोकनमा आउने पर्यटकबाट उठाउने प्रवेश शुल्क, व्यवसायिकसँग उठाउने कर लगायत राजश्व पनि एक्यापले नै लिने गरेको बासिन्दाले गुनासो गरेका छन् । साथै हालै निर्माण भएका प्रदेश सरकार समक्ष समेत आफ्नो बजेट र कार्यक्रम नबुझाएको स्थानियको आरोप छ ।

आगामी बर्षदेखि नै यस क्षेत्रबाट राजश्व संकलन र परिचालनका साथै संरक्षण, प्रबद्र्धन र अनुसन्धानको जिम्मा पनि नेपाल सरकार मातहतको समुदायले लिने गरी सरकारको निति, कार्यक्रम, बजेटको बासिन्दले माग गरेका छन् ।

स्थानियले यसअघि पनि विभिन्न आन्दोलन गर्दै एक्यापमा तालाबन्दी लगाएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र आयोजनाले आफ्नो गतिविधि यसरी अगाडि बढाइराखे स्थानियले आन्दोलन थप चर्काउने चेतावनी समेत दिएका छन्

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.