www.tandavnews.com
Fact ~ In search of truth

चाउथेमा टिप्परको ठक्करबाट स्याङजाकी बन्दनाको ज्यान गयो

पोखरा

ताण्डव संवाददाता ।

पोखरा–१४, चाउथेमा टिप्परको ठक्करबाट स्याङजा आँधीखोला गाँउपालिकाकी बन्दना पौडेलको ज्यान गएको छ ।

Batas

आज सोमबार साँझ करिब ७:३० बजेको समयमा ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटरमा सवार बन्दनाको टाउको र खुट्टामा गम्भिर चोट लागेको थियो ।

घटनापछि उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुर्याइएको थियो ।

उनको उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ ।

हेटौडा घर भएका टिप्पर चालक दलबहादुर ठक्कर दिए पछि फरार भएका थिए ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले राति १०:३० बजे चालकलाइ नियन्त्रणमा लिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.