www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट मुस्ताङ जाँदै गरेको बस दुर्घटना, १९ जना घाइते

पर्वत
सञ्जय रेग्मी/ताण्डव न्यूज ।

पर्वतको मोदी गाउँपालिका ६ बेतेनीमा आज सोमबार बस दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।

पोखराबाट मुस्ताङ जाँदै गरेको ग १ ख ५५९८ नम्बरको बस दुर्घटनामा परेको पर्वतका ट्राफिक प्रहरी प्रमुख महेन्र्द रानाभाटले जानकारी दिए ।

Batas

घाईते मध्ये बढी चोट लागेका ६ जनालाई उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ भने १३ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

२८ जना यात्रु सवार उक्त गाडीमा अन्य यात्री सकुशल रहेको ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताए।

बस सडकबाट झण्डै ३० मिटर तल खसेको छ । चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.