www.tandavnews.com
Fact ~ In search of truth

स्वामी आचार्यमाथि गोली प्रहार

विराटनगर,  (रासस)ः बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते भएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

उनी विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि अाएका थिए। अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.