www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी

काठमाडौँ,  (रासस): संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले ३९ हजार २७५ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गर्नुभएको थियो ।

उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।

संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो । कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.