www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना

पर्वत । 

कृषकलाई सहयोग पुर्याउने उद्देश्यले पर्वत र बागलुङ जिल्ला हेर्ने गरी पर्वतमा ‘कृषि ज्ञान केन्द्र’ स्थापना भएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कुस्मामा स्थापित कार्यालयको पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र तोकिएको छ ।

पुरानो कृषि विकास कार्यालयमा नयाँ नामसहित स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले आइतबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे

कृषि ज्ञान केन्द्रमा माटो परीक्षणलगायतका प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिने तयारी गरिएको छ ।

अहिले कृषिको बजेट स्थानीय तहमा गएपछि सोहीअनुसार प्राविधिक जनशक्ति जान नसक्दा आशाअनुरुप प्रतिफल नआएको कारण प्राविधिक सहयोग र कार्यक्रमसमेत सञ्चालन गरी कार्यालय स्थापना गरिएको प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले गण्डकी प्रदेशभित्र छ वटा कृषि ज्ञान केन्द्र तथा सात वटा पशु अस्पताल तथा विज्ञ केन्द्र स्थापना गरी कृषि र पशुसेवालाई कृषकका बीचमा सहज पहुँचको व्यबस्था गरेको मन्त्री लेखबहादुर थापाले बताए ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.