www.tandavnews.com
Fact ~ In search of truth

क्यानभासमा रमाएकी एलिता

विनिता सुनार
पाेखरा, ताण्डव न्यूज ।

बाल्यअवस्थामा चित्र कोर्न नमान्ने बालबालिका सायद कमै होलान् । भिन्न–भिन्न कार्टुन, घर, परिवारको चित्र बनाई कर्लरिङ गर्ने प्रायः बच्चाहरुको रुचि हुने गर्छ । यस्तै रुचि उनकोे पनि थियो । स्कुलको छुट्टी हुँदा, स्कुलबाट फर्किएपछि गृहकार्य भ्याएपछि पनि उनी चित्र कोर्नमै तल्लिन हुन्थिन् । उनी अर्थात एलिता गुरुङ ।

बच्चाहरु सबैको रोजाइमा कार्टुनका चित्र परेपनि उनको रोजाइमा भगवानका चित्रहरु पथ्र्यो । उनी बुझ्ने भएदेखि नै भगवानको चित्र कोर्ने गर्थिन् । ‘बच्चामा मलाई कार्टुनका चित्रहरुमा कहिल्यै रुची भएन,’ उनले भनिन, ‘चित्र कोर्न बस्यो कि भगवानका तस्विर मस्तिष्कमा अटोमेटिक आउने गर्थे । त्यसैले पनि मलाई चित्र कोर्न सजिलो हुन्थ्यो ।’

Batas

प्राचिनकालदेखि नै शिलामा बुट्टा भर्ने चलिआएको चलनलाई चित्रकलासँग जोड्ने चाहना भएको उनको भनाई छ । ‘उनीहरुले खोप्ने औजार हाम्रो ब्रस हुन्छ भने शिला हाम्रो क्यानबास हो,’ उनले भनिन, ‘यसरि अभिलेख खोप्ने त्यो विधिलाई चित्रकला सँग तुलना गरेको छु ।’ आफूलाई कलाकार भन्न रुचाउने एलिताले चित्रकला भावना व्यक्त गर्ने एउटा अभिलेख रहेको बताउँछिन् । ‘चित्रकारले आफूमा भएका कयांै पीडाहरु चित्रद्वारा दर्शाउँछन्,’ उनले भनिन, ‘यसले गर्दा पनि उनीहरुको स्वभाव सजिलै बुझन्न सकिन्छ ।’

चित्रकलाको सुरुवात

चित्रकलाको फिल्डमा करिअर सुरुवात गरेकी एलिताले २०६४ सालमा पोखराका चित्रकार बुद्वि गुरुङसँग वाटर कर्लरका चित्रहरुबारे निरन्तर पाँच महिने कोर्स गरिन् । चित्रकलामा आफूलाई पोख्त पार्न कोर्सपछि घरमा पनि उनको मेहनत उत्तिकै हुने गथ्र्यो । एग्रेलिक कर्लरको बारेमा पनि उनले पालिखेचोकमा रहेको ओसो आर्ट ग्यालरिका गोपाल सँग सिकिन् ।

उनको बुझाईमा पेन्टिङ पनि छुट्टा–छुट्टै किसिमका हुन्छन् । भिओर्सहरुले आफैले इम्याजिन गरेर पेन्टिङमा आकृती निकाली नाम दिने पेन्टिङलाई अबस्ट्राक आर्ट भनिन्छ भने जुन क्लर्रिङ हुनु पर्ने हो त्यो कलरको सट्टा अर्को कलरमा बनाइएको पेन्टिङहरु सेमी अबस्ट्राक आर्ट हुन् । त्यस्तै अर्काे कर्मसियल आर्ट हो, जुन सजिलै किन्न सकिन्छ ।

प्रकृति प्रेमी एलिता प्रकृति रिलेटेड पेन्टिङहरु बनाउन खुबै मनपर्ने बताउँछिन् । ‘प्रकृतीसँग सम्बन्धित चित्रहरु बनाउन रमाइलो हुन्छ’ उनी भन्छिन् ‘प्राकृतिक पेन्टिङहरुमा पोख्त भएपछि अरु पेन्टिङ बनाउन पनि सजिलो हुन्छ ।’ हरेक क्षेत्रमा भविष्य उज्वल बनाउनका लागि आफूमा इच्छा शक्ति हुनुपर्ने विश्वास रहेको एलिता बताउँछिन् । ‘कुनै फिल्ड सोचेको जस्तो सजिलो हुदैन,’ उनले भनिन, ‘हरेक फिल्डमा इच्छा शक्ति हुनुपर्छ जसले काममा सजिलो महसुस हुन्छ ।’

सोचेजस्तो पैसा नै नभएपनि कामप्रतिको लगाव आत्मविश्वासलाई कहिल्यै टुट्न नदिने उनको भनाई छ । सुरुवातमा परिवारबाट पैसा चलाउनु पर्ने भएपछि परिवारको पनि सपोर्ट पाउन मुस्किल परेको एलिता सुनाउँछिन् । ‘मैले हार भने कहिल्यै खाइन’ उनले भनिन, ‘त्यसैले मेहनत गर्दै गए जसले गर्दा पछाडि फर्किनु भने परेको छैन् ।’ पेन्टिङको रंगिन दुनियामा प्रवेश गर्नु अघि आफूलाई तयार पार्नुपर्ने उनी बताउँछिन् । ‘पेन्टिङका लागि जानकारी लिन जरुरी छ,’ उनले भनिन् ‘आफूलाई कुन आर्टमा पोख्त पार्ने सक्छु, त्यो क्षमतालाई पहिचान गर्नुपर्छ ।’

उनीसँग पोखरा आर्ट ग्यालरीमा डेढ बर्ष भोलेन्टरको रुपमा काम गरेको अनुभव छ । यसले गर्दा उनलाई आर्ट सम्बन्धी थप जानकार लिन सहज बनाएको उनको भनाई छ । अहिले बजारमा उनले बनाएका पेन्टिङहरुको पनि माग हुन थालेको छ । उनले बनाएको पेन्टिङ मूल्यको सुरुआत २ हजार रुपैयाँबाट गरेपनि अहिले उनले कोरेका चित्र अमेरिका सम्म पुगेका छन् ।

हालमात्रै उनले बनाएका ६ थान आर्ट पेन्टिङहरु अमेरिका लगिएको छ । परिवारबाट विस्तारै राम्रो सर्पोट पाएकी उनी मेहनत गरे त्यसको फल अवस्य मिठो हुने कुरामा आशावादी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.