www.tandavnews.com
Fact ~ In search of truth

साहित्य र संगीतमा भण्डारीको मोह

पोखरा
विनिता सुनार /ताण्डव न्यूज ।

‘यस्तै रहेछ जिन्दगी,
भिजेको रुमाल निचरेर हेर
केवल आशु रहेछ जिन्दगी ।’

नविन उमाविमा नेपाल काव्यसंस्कृति प्रतिष्ठानको रचनावाचन कार्यक्रममा साहित्यकार अम्बिका भण्डारीले उक्त कविता पहिलो पटक प्रस्तुत गरेकी थिइन् ।

Batas

कविता लेख्न बच्चैदेखि रुचि भएपनि उनले कार्यक्रममा प्रत्यक्ष उपस्थित भएर भने सुनाउन उत्ति साह्रो मौका पाएकी थिइनन् । प्रतिष्ठानको कार्यक्रममा उनले बाचन गरेको कविताले तारिफ पायो, जसले गर्दा उनलाई आजको दिनसम्म पनि साहित्यमै रमाइरहन हौसाइरह्यो ।

त्यसताका गैह्रपाटनमा भण्डारीको चिया पसल थियो । सोही कार्यक्रममा चिया लिएर गएकी उनी सबैले कविता वाचन गरेको सुन्दा आफूले पनि वाचन गर्छु भन्ने एक मुठी साहस जुटाइन् । आयोजकलाई प्रस्ताव राखिन् । अनि सुनाइन, ‘यस्तै रहेछ जिन्दगी… ।’ उनी सम्झन्छिन्, ‘त्यो बेला कविता वाचन गर्दा निकै नर्भस भएको थिएँ । पछि सबैले तारिफ पाउँदा खुशी लाग्यो ।’

प्रतिष्ठानले आयोजना गर्ने रचना वाचनबाटै सिर्जना गर्न प्रेरणा मिलेको उनी बताउँछिन् । त्यही पे्ररणाले नै उनले २०६७ साउनमा ‘लोक छन्दका फूलहरु’ कविता संग्रह प्रकाशित गरिन् । पहिलो कृतिमा आफन्तको र चिनेको साथीकै कारण सफलता दिलायो ।

आफूलाई पनि पहिलो कृति खुबै मन परेको बताउँछिन् उनी । भन्छिन्, ‘साहित्य क्षेत्रको यो पुस्तक पहिलो सन्तान हो । बजारमा अहिले पनि यसको डिमाण्ड उस्तै रहेको छ ।’

दुई वर्षपछि पुन अर्को कृति ‘आफ्नो गाउँ आफ्नै हुन्छ’ कविता संग्रह प्रकाशनमा ल्याइन् । कविता प्रकाशनको क्रमलाई निरन्तरता दिँदै २०६९ सालमा तेस्रो कृति स्वरुप ‘तेस्रो पाइला’ बजारमा ल्याइन् । साहित्यलाई हरेक पाइलापाइलामा डो¥याउने भएकोले नै उनलाई विभिन्न साहित्यिक संघसंस्थाले पुरस्कार समेत गरिसकेको छ ।

यो अवधिमा ३ वटा पुस्तक र थुपै फुटकर कविताहरु पत्रपत्रिकामा प्रकाशित गरिसकेकी छन् । उनले अरुका कृतिपनि उत्तिकै मात्रामा पढ्ने गर्छिन् । भन्छिन्, ‘अन्य अग्रज साहित्यकारका कृतिले थप प्रेरणा जगाउँछ ।’

लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ अमर न्यौपानेको ‘सेतो धर्ती’, झमक घिमिरेको ‘जीवन कडा की फूल’ उनलाई मन पर्ने कृति हुन् ।

संगीतको मोह

साहित्य र संगीत एकअर्काका परिपुरक हुन भन्दा पनि फरक पर्दैन् । त्यसैले पनि साहित्यमा रुचि राख्ने भण्डारी संगीतमा पनि डुब्न थालिन् । गीत गाउनु पहिल्यैदेखि सोंच भएको बताउने उनी केही एल्बम पनि बजारमा ल्याएकी छन् ।

२०७१ मा ‘आमाको सम्झना’ बोलको तीज गीतबाट औपचारिक सुरुआत गरेकी हुन् । उक्त गीतमा हरिदेवी कोइरालाको लय संगै स्वर, शब्द दुवैजनाको रहेको छ । अहिलेसम्म ‘नाचौ दिदि बहिनी, खुसी राख्छु बाबा तिमिलाई, लगायतका ८ वटा तीज गीत बजारमा ल्याइसकेकी छन् ।

‘मलाई संगीत र साहित्य दुवै क्षेत्रमा अगाडि बढाउने मन छ । म अझै सिक्ने क्रममा पनि छु,’ उनी भन्छिन्, ‘साहित्य र संगीतलाई संगसंगै लैजाने छु ।’

कास्की ढिकुरपोखरीमा जन्मेकी भण्डारीलाई स्कुले जीवनमा लक्ष्मीप्रसाद देवकोटाको कविताहरु साह्र्रै मन पथ्र्यो ।

झ्याम्म झ्याम्म रुख थियो घर देखि पारि, के गरेर बस्छन् होला यि दुई चरि, यस्ता प्रकृतिप्रेमी कविताले उनको मनलाई गिज्याउने गथ्र्यो । स्कुल पढ्दा पनि कविता सुनाउँथिन् । पुरस्कार पनि जित्थिन् ।

‘पढाइमा पनि अब्बल नै थिएँ । पछि पारिवारिक समस्याका कारण ७ कक्षा पढ्दै स्कुल छोड्नु प¥यो,’ उनी सम्झन्छिन्, ‘स्कुल छोडेपनि आफू भित्रको कलालाई छोडिन । कविता र गीत लेख्न भने सधै कलम चलाइरहेँ ।’

सानै उमेरमा आमाको माया गुमाएकी अम्बिकाले आमाको सम्झनामा कविता, गीत धेरै लेखिन् । त्यही कविता र गीत पढ्दै कतिपटक रोइन पनि । ‘कविता लेख्दा म वास्तविकतामा डुबेको महसुस गर्छु,’ उनले भनिन्, ‘आमा शब्द मेरो जीवनमा अत्यन्तै महत्वपूर्ण छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.