www.tandavnews.com
Fact ~ In search of truth

ह्वाई वी आर ट्राभलिङ टु अन्नपूर्ण राउण्ड ?

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज ।

केही दिन अघि मात्रै टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेललाई स्वीजरल्याण्डबाट अन्नपूर्ण क्षेत्र घुम्न आएकी जेनीले सोधीन् ‘ह्वाई वी आर ट्राभलिङ टु अन्नपूर्ण राउण्ड ? दियर इज नो फुट ट्रेल । एभ्री एरिया एक्सेस टु रोड ।’ जेनीको प्रश्नले भूजेल नाजवाफ भए । मात्र मुन्टो हल्लाई रहे ।

जेनीले भनेजस्तै राउण्ड अन्नपूर्ण अहिले सडकमार्गले ध्वस्त भएको छ । देशमा संघीयता लागु भएपछि त झन स्थानीय सरकारले काम भनेको सडक मात्रै हो भनेझैँ पदमार्ग ध्वस्त पारेका छन् ।

Batas

‘सडक सञ्जालकै कारणले हिजो पर्यटकले भरिभराउ मुस्ताङको मार्फा गाउँ आज को आउला भनेर कुरेर बस्नुपर्ने बाध्यता छ,’ टानका अध्यक्ष भूजेलले भने ‘हिजो तँछाड मछाड गर्दै सडक खन्नेहरु आज पर्यटक नआएर टोलाएर बस्नुपरेको छ । विश्वकै उत्कृष्ठ मध्येको अन्नपूर्ण पदमार्ग दिनानुदिन विदेशीको नजरबाट टाढिँदैछ ।’ पहिलेको गण्डकी र धौलागिरीको क्षेत्र अन्नपूर्ण क्षेत्रमा पर्छन् ।

बेँसिशहर–चामे–तिलीचो, बेनी–जोमसोम–मुक्तिनाथ जस्ता धार्मिक तथा पर्यटकिय क्षेत्रमा सडक पुगिसकेको छ । घान्द्रुक, पुन हिल, घोडेपानी, गल्कोट भ्याली लगायतका क्षेत्रमा सडक खन्ने तयारी भइरहेको भन्दै भूजेलले चिन्ता ब्यक्त गरे ।

२१ दिने ट्रेल सात दिनमा झर्यो

पहिले कम्तीमा २१ दिनको अन्नपूर्ण राउण्डको यात्रा अहिले छोटिएर जम्मा सात दिनमा झरेको छ ।

‘अन्नपूर्ण राउण्ड पहिले तीन हप्ताको पदयात्र हुन्थ्यो,’ भूजेल भन्छन्, ‘अहिले टे«किङ गर्न आउने पर्यटकहरु पनि धार्मिक पर्यटक जस्तै भइसके । सबै ठाउँमा सडक पुगिसक्यो । पहिले हिँड्ने फुटट्रेल मासेर सडक बनाएको छ । सडक बनाए पनि अन्यत्रै बाट बनाएको भए हुन्थेन ? जहाँ फुट ट्रेल छ त्यहीँ डोजर जोतेको छ । यस्तै हो भने केही वर्षमा अन्नपूर्ण क्षेत्रमा पर्यटकहरु औँलामा गन्न मिल्ने गरेर मात्र आउँछन् ।’

खन्यो सडक, टुट्यो रोजगारी

लम्जुङ सुन्दरबजारका टिका बहादुर गुरुङ ब्यवसायीक टे«किङ गाइड हुन् । उनले १२ वर्षयता अन्नपूर्ण राउण्ड र मनास्लु क्षेत्रमा विदेशीलाई घुमाउँदै आएका छन् । उनैले २० जना भन्दा धेरै यूवालाई गाईड बन्न सहयोग गरेका छन् ।

उनकै सहयोगले गाइड बनेका २० जना मध्ये अहिले ९ जना मात्रै सोही पेशामा छन् । ११ जना पेशा छोडेर गाडी भास्सिए । ‘पहिले कतै सडक थिएन । जति पर्यटक आएपनि घुमाउनलाई गाइडलाई खाली बस्नुपर्थेन,’ टिकाले भने, ‘अहिले आउने पर्यटकहरु पनि सिधै गाडीमा आउँछन् । कहाँ पुग्ने हो त्यहाँ पुग्छन् । फेरी गाडीमै फर्कन्छन् । टे«किङ नै जाने पर्यटकहरु आउन कम भइसक्यो । हिँड्नेहरु हामी लामो समयदेखि यही क्षेत्रमा काम गरेकाहरुले घुमाउछौँ ।’

बुकिङ गर्छन अनि फेरी रद्ध

अन्नपूर्ण क्षेत्र घुम्ने भनेर विभिन्न होटल, गाईड तथा भरियाहरु बुकिङ गरेका विदेशीहरुले रद्ध गर्ने क्रम बढेको छ । ‘हामीले तिम्रो क्षेत्रको अध्ययन ग¥यौँ । सबै ठाउँमा सडक पुगेको रहेछ । हामी त टे«किङ जाने भनेर पो खोजेको भन्छन्,’ भूजेलले भने ‘हामीले कन्भीन्स गरे पनि उनीहरु मान्दैनन् । नेक्स्ट टाइम भन्छन् अनि एभरेष्ट जान्छन् ।’

अटेरी हेलीकोप्टर

कास्की कै अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रमा रेस्क्यूको बेला बाहेक अरुबेलामा हेलीकोप्टर उँडान गर्न नदिने भनेर निर्णय गरेको छ । उक्त निर्णय केही दिन कार्यान्वयन पनि भयो । तर, पर्यटकिय सिजन सुरु भएसँगै पोखरा विमानस्थलबाट सिम्रीक, प्रमु लगायतका हेलीकोप्टरले अटेर गरी पर्यटक बोकेर ओहोर दोहोर गरिरहेका छन् ।

‘यो सबै गाउँलेकै प्रस्तावमा गाउँपालिकाले गरेको निर्णय हो,’ माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष यूवराज कुँवरले भने, ‘अझै पनि अटेरी गरे हामी कडा रुपमा प्रस्तुत हुन बाध्य हुन्छौँ । हेलीकोप्टरले गर्दा यहाँका चराचुरुङ्गी, जनावरहरु पुरै विस्तापित भइसके । यहाँका मानिसको रोजगारी खोसियो ।’

गाउँ छोड्यो, सञ्चार टुट्यो

गुर्जा हिमाल आरोहणमा गएको उक्त विदेशीको टोली दुर्घटनामा परेको भनेर दुई दिन पछि मात्रै बाहिर हल्लाखल्ला भयो । आरोहण दलको टोली गाउँबाट हिमाल तर्फ दुर्घटना भएकै दिन बिहीबार गएको स्थानीय बताउँछन् ।

गाउँ सम्म धिरीधिरी नेपाल टेलीकमको सिडिएमए फोन चल्ने भएपनि गाउँबाट छुटेपछि टेलिफोन सम्पर्क पूर्ण रुपमा विच्छेद हुने वडा अध्यक्ष छन्त्यालको भनाई छ । ‘घटना भएको ठाउँ हाम्रो गाउँबाट जम्माजम्मी साँढे २ घण्टाको बाटो हो,’ छन्त्यालले भने ‘टेलिफोन सम्पर्क मात्रै हुने भइदिएको भए हामीले केहीलाई उद्धार गर्न सक्थ्यौँ होला । सबै जना एकै झट्कामा मरेको त होइन होला । हामीले हाम्रो आफन्त पनि त्यही टोलीसँग गएको र दुई दिन सम्म पनि किन फर्केन भनेर खोज्न जाँदा मात्रै घटना थाहा पायौँ ।’

उनले यस घटनालाई राज्यले गम्भिर ध्यानाकर्षण हुनुपर्ने र तत्कालै जुन ठाउँमा जस्तो सञ्चारको पहुँच पु¥याउन सकिन्छ त्यस्तै सञ्चारको ब्यवस्था गर्न माग समेत गरे । गुर्जा हिमाल दुर्घटनाको खबर थाहा पाउनै दुई दिन लाग्यो ।

घटना थाहापाएपछि उद्धारका लागि पनि थप दुई दिन लागेको थियो । अन्नपूर्ण, मनासलु क्षेत्रमा यतिबेला देशी विदेशी पर्यटकहरुको ताँती लाग्न थालीसकेको छ । पर्यटकिय मौसममै भएको गुर्जा दुर्घटनाले शाहसिक पर्यटनको ब्यवसाय गर्दै आएका ब्यवसायीहरुलाई पनि थप चुनौती थपिदिएको छ ।

हुदहुद आँधीकै सम्झना

दुई हप्ता अघि मात्रै भएको गुर्जा हिमाल आरोहणदलको दुर्घटनालाई पर्यटन ब्यवसायीहरुले तीन वर्ष अघिको हुदहुद आँधीकै रुपमा सम्झेका छन् । अन्नपूर्ण क्षेत्र विश्वमै कहलिएको पदमार्ग पनि हो ।

यहि क्षेत्रको पदमार्ग तथा हिमाल आरोहणको क्रममा भएका घटनाले पोखराका मात्रै होइन अन्य क्षेत्रलाई आधार बनाएर शाहसिक ब्यवसाय सञ्चालन गर्दै आइरहेकाहरु पनि उत्तिकै त्रसित छन् ।

‘म सोलुको मान्छे, दशैँको बेलामा पोखरा घुम्न आएको,’ सोलुखुम्बुको नाम्चेबजारमा एभरेष्ट भ्यू नामक होटलका सञ्चालक टासी शेर्पाले बिहीबार पोखरामा भेटहुँदा भने, ‘हामी १४ जनाको टोली अहिले पोखरा घुम्न आएका छौँ । हाम्रो लक्ष्य एबीसी क्याम्पसम्म जाने थियो । गुर्जा हिमालको दुर्घटनाको त्रासले जानै सकेनौँ । हामी १५ दिनको यात्रामा हिँडेको एबीसी जान नसकेपछि पोखरा आसपासकै क्षेत्रमा सात बिताएर फर्कन लागेका छौँ । हामीले त हुदहुद आँधी नै सम्झियौँ । एकै ठाउँमा नौ जनाको ज्यान जानु भनेको ठुलो कुरो होनी ।’

हुदहुदले अन्नपूर्ण राउण्डमा मात्रै ४२ जनाको ज्यान लगेको थियो ।

शूल्क मात्र लिनेकी काम पनि गर्ने ?

पदमार्ग तथा हिमाल आरोहणका लागि आएको पर्यटकहरुले विभिन्न शिर्षकमा कर तिर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै पनि हरेक वर्ष बाटोघाटो मर्मत, खानेपानीको ब्यवस्था, बासबस्ने ठाँटी, धर्मशाला बनाउने लगायतको कार्यक्रम भएपनि सञ्चार सञ्जाल विस्तारमा उसको पनि प्राथमिकतामा छैन ।

हुदहुद आँधीले अस्तब्यस्त बनाएको अन्नपूर्ण क्षेत्र अहिले पनि उही हालतमा छ । नेपाल सरकार र ब्यवसायीहरुले पनि यसलाई प्राथमिकतामा राखेका छैनन् । पर्यटकहरुले अन्नपूर्ण क्षेत्रको विभिन्न भागका जानका लागि भनेर टुरिजम बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई समेत शूल्क तिर्नेगर्छन् ।

टावर चाहियो

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष हरि भूजेलले सरकारले वेवास्ता गरेका कारण पटक पटक यस्तो घटना भइरहेको बताए । ‘हामीले अन्नपूर्ण क्षेत्रमा सञ्चारको पहुँच बढाउन भनेर सरकारलाई घचघचाईरहेकै छौँ,’ उनले भने ‘हामीले के भूमीका पुरा गर्नुपर्छ त्यो गर्छाैँ भन्दा पनि सरकारले सुन्दैन । हामीले राउण्ड अन्नपूर्णको विभिन्न क्षेत्रमा टावर, इन्फरमेशन सेन्टर स्थापना गरौँ भनेका हौँ ।’ अन्नपूर्ण क्षेत्रको मौसम पहिले जस्तो अनुमानको भरले पत्ता नलाग्ने उनको तर्क छ ।

‘राउण्ड अन्नपूर्णको मौसम कति बेला चेन्ज हुन्छ कसैलाई पत्तो छैन । अनुमान एउटा हुन्छ भइदिन्छ अर्कै । जल जलवायू परिवर्तनले पनि असर परेको छ,’ उनले भने, ‘यस्तो अबस्थामा फँसेको मान्छेलाई सञ्चारको कति महत्व होला । आजकाल हामीले नै पठाएको मजदुरको खबर थाहा पाउन मुस्किल छ । उ सम्पर्कमा नाआएसम्म यहाँ सुखको सास फेर्न नपाइने स्थिती छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.