www.tandavnews.com
Fact ~ In search of truth

मानवशास्त्र दिवस मनाइयो

पोखरा,
ताण्डव न्यूज

पृथ्वीनारायण क्याम्पसमा मानवशास्त्र विभागले बिहीबार ‘मानवशास्त्र दिवस’ मनाएको छ । तीन वर्ष पहिले क्याम्पसमा विभाग स्थापना भएदेखि निरन्तर दिवस मनाउँदै आएको छ । अमेरिकन एन्थोपोलोजी एसोसियसन अनुसार यो दिवस विश्वभर मनाइने गरिन्छ ।

सो अवसरमा पृथ्वीनारायाण क्याम्पसमा प्राध्यापक, विद्यार्थीहरु मिलेर दिवस मनाएका थिए । केन्द्रीय विभागका प्रोफेसर रामबहादुर क्षेत्रीले मानवशास्त्र पढ्दा आफूले भोगेका रमाइला किस्साहरु सुनाए ।

Batas

उनले मानवशास्त्र आवश्यक विषय भएकोले यसबाट थुप्रै अवसरहरु पाइने बताए । ‘मानवशास्त्र पढेर के गर्ने भन्ने होइन । आफूलाई अहिले स्ट्रोङ बनाउँनुपर्छ । थुप्रै अवसरहरु छन् ।’
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले दिवसको शुभकामना व्यक्त गरे । सोही अवसरमा स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अविरल अधिकारी र सुनिता थापाले घान्दु्रक गाउँको बारेमा तयार पारेको रिपोट प्रस्तुत गरेका थिए ।

मानवशास्त्र विभाग प्रमुख जर्नादन थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभागीय सदस्य अर्जुन पोख्रेलले स्वागत र सदस्य अमृतकुमार भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.