www.tandavnews.com
Fact ~ In search of truth

अप्रिल फूल अर्थात मुर्ख दिवस

मुर्ख दिवस अर्थात अप्रिल फूल मनाउने चलन १६ औं शताब्दीतिर फ्रान्सबाट सुरु भएको देखिन्छ भने बेलायतमा १८ औं शताब्दीमा मात्र ।

अहिले नेपालमा पनि अप्रिलको पहिलो तारिखका दिन विभिन्न किसिमले झुक्काउने र मुर्ख बनाउने चलन चल्न थालेको छ । हाम्रो संस्कृतिमा जसरी हास्य व्यंग्य गरी गाइजात्रा जस्ता कार्यक्रम गरिन्छ त्यसै गरी पश्चिमा समाजमा पनि अप्रिल फूल मनाइन्छ ।

इस्वी संवतअनुसार अप्रिल महिनाको पहिलो दिनलाई अप्रिल फूल अर्थात मूर्ख दिवसको रुपमा मनाइन्छ । प्रत्येक वर्ष अप्रिल १ तारिखका दिन आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुख दिने दिनका रुपमा लिइन्छ ।

Batas

फ्रान्समा १ तारिखलाई नयाँ वर्षको रुपमा मनाइथ्यो तर सन् १५६४ देखि जनवरी १ लाई नयाँ वर्ष मनाउन थालियो । त्यस्तो परिवर्तनलाई मन नपराउनेले अप्रिल १ लाई ठट्टा गर्ने चाडका रुपमा मनाउने थाले ।

अप्रिल फूल कहिलेकाँही दुखद घटनामा समेत परिणत भएका उदाहरणहरु छन् । केही वर्षअघि पश्चिमी बङ्गालामा ५ वर्षीया स्कुलमा आफ्ना साथी एवं शिक्षकलाई अप्रिल फूल बनाउने आफू मुर्छा परेको अभिनय गर्ने निर्णय गरिन् । नभन्दै तिनी मुर्छा परिन् तर डाक्टरले ती बालिकालाई बचाउन सकेनन् ।

इसं १५८२ तिर फ्रान्सका सम्राट चाल्र्स नबौंको पालादेखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फूल अर्थात एकले अर्काले मुर्ख बनाउने दिनका रुपमा मनाउन थालिएको पाइन्छ ।

त्यतिबेला सम्राटले ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन नयाँ वर्ष सुरु हुने परम्परा रहँदै आएको थियो । सञ्चार विकास नभैसकेकोले राजाको नयाँ घोषणा देशको धेरै भूभागमा फैलिन पाएन र त्यस्ता भूभागको जनताले अप्रिल १ तारिखको दिन नै नयाँ वर्ष मनाए ।

नयाँ व्यवस्था भैसकेपछि पनि पुरानै चलनअनुसार नयाँ वर्ष मनाएकोले देशका अरु देशका वासिन्दाले उनीहरुलाई मूर्ख संज्ञा दिए । त्यसैको सम्झनामा प्रत्येक वर्ष अप्रिल १ तारिखका दिन मूर्ख दिवस मनाउँदै आएको सुन्नमा पाइन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.