www.tandavnews.com
Fact ~ In search of truth

सम्पादक अर्जुन गिरी घर फर्किए, पोखरा विमानस्थलमा भव्य स्वागत (३५ फोटो)

पोखरा
ताण्डव न्युज ।

ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरी पोखरा फर्किएका छन् । बिहीबार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गरेपछि गिरी शुक्रबार पोखरा आएका हुन् ।

पोखराका व्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्र्तगत प्रहरी केन्द्रीय व्युराको आदेशमा जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २ गते नियन्त्रणमा लिएको थियो । बतासको उजुरीको कारण उनलाई नियन्त्रणमा लिइएको थियो ।

Batas

प्रहरीको नियन्त्रणमा ४ दिन विताएर फर्किएका गिरीलाई पोखरा विमानस्थलमा यहाँका पत्रकारहरुले भव्य रुपमा स्वागत गरे । उनले पोखरा आएसँगै प्रेस काउन्सिलका केही कर्मचारीको कारण दुख भोग्नु परेको सुनाए । पोखरा फर्किएका गिरी अब झन् सशक्त भएर लाग्ने बताएका छन् ।

सबै तस्बिर : माधव भुसाल

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.