www.tandavnews.com
Fact ~ In search of truth

टाईम पास…

कार्यालय, विद्यालय, शिक्षालय अथवा यस्तै यस्तै काममा जानुपर्ने दिन हो भने निद्रा बल गरेरै भगाउनु पर्छ ।

शनिबार आओस् न पाँचबजेदेखि नै निद्राले ज्यान छोड्छ शरिरले ओछ्यान ! यस्तो कतिलाई हुन्छ ? सायद हाम्रो मस्तिष्कले आज बिदा हो भन्ने चाल पाउँछ अनि निद्राले आफै छोड्ने गर्छ । अरू दिन बल गरेर उठ्नुपर्ने तर बिदाको दिन आज अबेरसम्म आराम गर्छु भनेको समयमा निद्राले छोड्ने नियति अक्सरले भोग्ने रहेछन् ।

पाँच बजे उठ्नुछ भने कतिपयले चार वा साढेचार बजेदेखि नै अर्लाम राख्ने गर्छन् । पाँच–पाँच मिनेटमा अर्लाम बन्द गर्दै निदाउँदै ग¥यो, एकछिनमा पूरै पाँच बजिसक्छ । अमिलो मन बनाउँदै घडीको सुई हेरेर आफ्नो दिनचर्या सुरू गर्नुको विकल्प हुँदैन । समयले हामीलाई यसरी बाँधेको हुन्छ हामी व्यस्ततामा समय बिताउँछौँ अनि फुर्सदमा समय कटाउँछौँ ।

Batas

हिजो बाल्यकाल, आजको अवस्था र भविष्यको बृद्धअवस्था पनि त्यही समयले नै ल्याउने हो । बाल्यकालमा सात आठबजे उठ्ने बालक विद्यालय भर्ना भएपछि ६ बजेसम्म उठ्नुपर्ने बनाईदिन्छ । अलि ठुलो हुँदै गयो..परिक्षा, ट्यूसनले समय चोरीदिन्छन् ।

उसबेलाको एसएलसी अहिलेको एसईई सकेपछि फुक्काफाल जिन्दगी हुन्छ भन्यो । केही समय फुक्काफाल पनि भयो, जिन्दगीका बाँकी अध्याय आईसक्छन् । बस् समयको वरीपरी फनफनी नाच्यो । जागिरे भएपछि शुक्रबार पर्खियो, शुक्रबार रमायो, शनिबारको हरेक घन्टा छिटै बितेझैँ हुन्छ । एकझिमिकमा भएको बिदा सम्झियो अर्को नयाँ साता सुरू गर्नुपर्ने आपत् आइलागिसकेको हुन्छ ।

के गर्दैछौ ? भन्दा घर व्यवस्थापनको जिम्मा लिएका केही साथीहरूको प्रतिक्रिया हुन्छ । के गर्नु घरै बस्यो टाईमपास् ग¥यो । सँधै एउटै काम गर्न सक्ने खुबी र क्षमता, परिवारको हरेक पक्षको ख्याल राखेर व्यवस्थित गर्न सक्ने मानिसले वास्तवमै ठुलो जिम्मेवारी निभाइरहेको हुन्छ तर हामी टाईमपास् गर्दैछु भन्ने प्रतिक्रिया दिन्छौँ ।

कसैको प्रेम असफल भयो भनेपछि अधिकांशले भुतपुर्वलाई लाउने दोष भनेको म उसको वा उसकी टाईमपास् थिएँ । उसले मसंग टाईमपास् ग¥यो वा गरी । यो जवाफ सबैभन्दा बढी किशोरकिशोरीबाट आउँछ ।

समयले जोडी उछिट्याईदिन्छ, बाँकी रहनेले आफूलाई पीडित बनाउँछन् । बरू फेवाताल जानु बादल र माछा हेरी बस्नु, हाईकिङ जानु, मन लागे नलागेपनि नौ दश बजेसम्म सुतिराख्नु तर अरूको टाईमपासै किन हुन जानु भनेर जिस्काईदिनु जस्तो ।

उसो त पोखरामा समय बिताउने हो भने पनि सजिलो छ । रिडर्स क्लबले गर्ने पुस्तक चर्चा, युवाहरूको संवाद कार्यक्रम, साईकङ रूट, हाईकिङ रूट सबै हाम्रै वरीपरी नै छन् । आवश्यकता अनुसार आफ्नो समय प्रयोग ग¥यो । सफा सहर र झरीले दैनिकीमा उत्साह थपिरहेको हुन्छ ।

समय कसरी कटाउने भन्ने बढी हामीमै भर पर्छ, केही भर हामीले संगत गर्ने व्यक्तिहरूमा । आफू संगत अनुसार बन्न पनि सकिन्छ, संगत गरेकाहरूलाई आफू अनुसार पनि बनाउन सकिन्छ । फेरि नर्फकिने समयलाई बिताउने हो जिउने हो ।

आफूलाई केले खुसी दिन्छ ? त्यही कार्यमा समय बिताऔँ । प्रविधिले यती धेरै सुविधा हाम्रा वरीपरी ल्याइदिएको छ । त्यसलाई हामी सिर्जनशिलतामा पनि प्रयोग गर्न सक्छौँ । बस् खुसी मिल्ने काम गरौँ ।

हामी घर परिवारसँग छौँ भने त्यो भन्दा स्वर्णिम समय अर्को हुँदैन । आफ्ना वरीपरीका आफन्त अनि साथीभाई भुलेर फिलिङ ‘बोर स्टाटस’ लेखि बस्ने बानी पनि हुन्छ कसैको । एक्लो भए पो दिक्क मान्नु ।

बल्ल एकसातामा आउने बिदामा शान्त भएर परिवार र साथीभाईलाई समय दिनुको साटो हामी भर्चुअल सहानुभूति जुटाउने चक्करमा हुन्छौँ ।

आफू खुसीहुँदा खुसी हुनेहरूसँग रमाऔँ ।

खुसी साटौँ ।

आफ्नो दैनिकीले अरूलाई प्रभाव नपारोस् बस् टाईमपास् किन गर्ने ? जिन्दगी नजिएर ?

[email protected]/
Twitter : @farsumitra

लेखकबाट थप

भिरजस्ता पिरहरु…

उनकै छोरी तरुनी हामीलाई केको दोष ?

समाजले छुट्याईदिएका महिला ‘बिटहरू’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.