www.tandavnews.com
Fact ~ In search of truth

वर्ल्ड कप फिभर : कलाकारको समर्थन कुन टिमलाई ?

पोखरा
सुशन घिमिरे/ताण्डव न्यूज ।

मेसी चम्किए जतिपनि बार्सिलोनाबाट
यो जुनी वल्डकप जित्ने देखिएन छांट ।
सबै जनाको विश्वकपमा ध्यान
कोही भन्छन् स्पेन कोही भन्छन् जर्मनी, आफु त परियो ब्राजिलको फ्यान
….
मेसी जस्ता खेलाडी छन् छैनन् भुराभारे
कानकाटेर फाल्दिन्छु म अर्जेन्टिना हारे ।
सबै जनाको विश्वकपमा ध्यान
कोही भन्छन ब्राजिल कोही भन्छन पोर्जुगल, आफू त परियो अर्जेन्टिना फ्यान

गायकद्धय राजु ढकाल र रविन लामिछाने बजारमा ल्याएको यो गीत चर्चामा छ । विश्वफुटवलको महासंग्राम सुरुवातको क्रममा बजारमा ल्याइएको उक्त गीतले फुटबल प्रेमीहरुलाई थप रोमाञ्चक बनाएको छ । कलाकारले गीतबाट फुटबलको समर्थन गरेका छन् ।

Batas

वल्र्डकपले सामाजिक सञ्जालमा छुट्टै माहोल बनाएकोे छ । फुटवलको यो गरम तापले गर्मागम तस्विर पोस्ट गर्दै समर्थन जनाएको भेटिन्छ । ‘संसार यतिबेला वल्र्डकपमय बनेको छ यसबाट म अछुतो रहने कुरै भएन’ गायिका मन्जु पौडेल भन्छिन्, ‘सबै टिम प्रति चासो छ तर मेरो बिशेष सर्मथन अर्जेन्टिनालाई छ ।’

खेलाडीहरुको सालिनता र फुर्तिलोपनले आफ्नो मन जितेको पौडेल बताउँछिन् । अर्जेन्टिनाकै सर्मथनमा रहेका नायक राजबल्लभव कोइराला भने अलिक फरक तर्फ राख्छन् । ‘मेसी जस्तै खेलाडी संसारमा बिरलै जन्मिन्छन् । अर्जेन्टिनाले विश्वकप जित्न सके भने अझ इतिहास नै बन्ने थियो,’ कोइरालाले भने, ‘म जस्ता उनका करोडौं फ्यान मात्रै होइन स्वयंम मेसीको चाहापनि यहि जस्तो लाग्छ ।’

एकमहिना सम्म चल्ने फुटवलको महाउत्सवमा धेरै जसो कलाकारहरु ब्राजिल र अर्जेन्टिनाको पक्षमा देखिएका छन् । । मेसी डाइ हार्ट फ्यान संगीतकार चेतन सापकोटा सदैव अर्जेन्टिनाको सर्मथनमा रहेको बताउँछन् ।

विश्वकपको पूर्वसन्ध्यामा स्वयंम् लियोनन मेसीले अर्जेन्टिनालाई दावेदार राष्ट्रको रुपमा नलिएको बताएका थिए । तर उनका फ्यानहरु भने अर्जेन्टिनाले जित्ने र जित्नुपर्ने दावा गर्छन् ।

सदैब स्पेनको सर्मथक रहेका कोरियोग्राफर रोहन नेपालीको मनैदेखि यसपटक अर्जेन्टिनाले उपाधी जितोस् भन्ने चाहाना छ । उनी मेसीको अन्तिम वल्डकप हुनसक्ने भएकाले पनि यसपटक अर्जेन्टिनाको सर्मथनमा छन् ।

गायिका तथा मोडल सिर्जना खत्री मेस्सीको ठूलो फ्यान हुन् । मेस्सी एक्लैले जिताउने होइन सबै खेलाडीको राम्रो प्रर्दशन भए अर्जेन्टिनालाई वल्डकप जित्न कठिन नहुने उनको भनाई छ ।

अर्जेन्टिनासंगै यसपटक बलियो दावेदारको रुपमा ब्राजिललाई हेरिएको छ । यि बाहेक जर्मन, स्पेन, पोर्चुगल, फ्रान्स र बेल्जियम विश्वकप दावेदारको हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.