www.tandavnews.com
Fact ~ In search of truth

जब भोजनमै विष पर्छ !

वैज्ञानिक रोबर्ट कार्लसन ले सन् १९६२मा अमेरिका एक किताब प्रकाशित गरिन मौन मृत basant (silent spring)। यो किताब कसरी विभिन्न रसायन ले मानव स्वास्थ र वातावरण गम्भिर असर पर्छ भनेर लेखकले देखाएकी थिइन ।

यो किताबले अमेरिकाको सनसनी मच्चायो र अमेरिकाको तत्कालिन राष्ट्रपतिले डिडीटीको प्रयोग गर्न प्रतिबन्ध लगाए । नेपालमा भने डिडीटी औलो उल्मुलन गर्न तराईमा धेरैप्रयोग गरियो ।

त्यसले मानव स्वास्थ्यमा वा त्यहाँको वातावरणमा के असर पाथ्र्यो भनेर कहिले पनि अनुसन्धान गरिएन । सन् २००० मा मात्र डिडीटी नेपालमा प्रतिबन्धित गरियो ।

Batas

केही अघि नेपालमा एक कार्यक्रममा सहभागि हुन आएकी डा. बन्दना शिवासँग मेरो सुखद भेट भयो । उनले मलाई हाम्रो भोजनमा विष भन्ने किताब उपहार दिइन त्यो किताब पढ्दै थिएँ नेपाल सरकारले हप्ताव्यापी विषादीको प्रयोग घटाउन कार्यक्रम सञ्चालन गरेको समाचार तर्फ ध्यान गयो ।

नेपाल सरकारले १५ वर्ष अघि देखि मानव स्वास्थ्यलाई हानी गर्ने विषादीको प्रयोग घटाउँदै लैजान कार्यक्रम बनाएको थियो । तर विषादीको प्रयोग त झनझन बढ्दै गइरहेको छ ।

२०७४ पुष २० गतको समाचार अनुसार नेपालमा वर्षमा ५ लाख ७ हजार किलो विषादी प्रयोग हुँदो रहेछ । तरकारी,खाद्यान बाली फलफूलमा यसरी जथाभावी तरकारीले विषादी प्रयोग गर्दा यसले मानवबीच स्वास्थमा कति हानी गर्छ भने किसानलाई थाहा नभएको पाइयो ।

एक किसान महिलालाई तरकारीमा विषादी प्रयोग गर्न हुन्छ भनेर एक पत्रकारले सोध्दा उनले भनेकी थिइन ‘म आफूले खानको लागि छुटाएको तरकारीमा चाँही विषादी हाल्दिन । बजारमा बेच्नको लागि रोपेको तरकारी चाँही हाल्छु ।’ बिचरी उनलाई यो थाहा थिएन कि उनले अरुको लागि प्रयोग गरेको विषादीले उनलाई कति हानि पु¥याउँछ भनेर ।

उनलाई यो पनि थाहा रहनेछ कि विषादीको माटोमा परेपछि उनको तरकारीमा पनि जान्छ । सरकारले गठन गरेको किसान पाठशालामा खर्चेको करोडौं रकमले पनि ती महिलालाई सानो जानकारी पनि दिन सकेन ।

डा. वन्दना शिवाले ‘हाम्रो भोजनमा विष’ नामक किताबमा नेपाली कि किसान महिलाको जस्तै जानकारीको अभावमा भारतमा र दक्षिण एसियाका कृषकहरुले जथाभावी विषादी प्रयोग गर्दा मानव स्वास्थयमा परेको समस्या उजागर गरेकी छन् ।

भारतमा विभिन्न ठाउँमा गरिएको अनुसन्धानले देखायो कि जीवित मानवमा मात्र होइन गर्भमा रहेको भ्रुणमा समेत यस्ता विषादीको प्रयोगले नराम्रो असर पार्दाे रहेछ । विभिन्न ठाउँमा गएर विषादीको प्रयोगले गर्दा अपांगता भएर जन्मेका बच्चाको फोटो हेर्दा मन दुख्छ र प्रश्न उठिरहन्छ के नेपालमा पनि यस्ता घटना भएका छन् ?

उनले यस किताबमा लेखे अनुसार शरीरका विभिन्न अंग प्रत्यअंगमा हानिकारका विषदीकाले क्यान्सर उत्पन्न गराउन सक्छन् । ती किसानहरु जसले जथाभावी विषादी खेतबारीमा छर्छन् । उनीहरुको स्वास्थमा पनि कति नराम्रो असर पर्दो रहेछ भनेर उनले भारतको केरलाको काजु उत्पादन हुने ठाउँको एक दुखद उदाहरण दिएकी छिन् ।

वैज्ञानिक भएको नाताले डा. वन्दना शिवले कसरी विभिन्न विषादीले तत्कालीन र दुरगामी असर पार्न सक्छ भनेर बडो राम्रोसँग विश्लेषण गरेकी छिन् । उनले युरोप र अमेरिकामा हानिकारक भनेर प्रयोग गर्न रोकिएका विषादी भारतमा चाँही प्रयोग भइरहेको र यसले कसरी वातावरणमा नकारात्मक प्रभाव पारेर भविष्यको पुस्तालाई समेत अस्वस्थ्य बनाउन सक्छ भनेर लेखेकी छिन् ।

विषादीको प्रयोगले गर्दा हुने दीर्घकालीन समस्याको बारेमा बुझ्ने हो भने त जथाभावी विषादीको प्रयोग रोक्नु पर्ने हो । तर, प्राय सरकारहरु बढी मुनाफा कमाउने व्यापारीहरुको हातका खेलौना बनेको छ । विषादीका प्रयोग गरेर बढी फलाउने र बढी कमाउने इच्छा रोक्न व्यापारीलाई सरकारले रोक्न नसक्ने रहेछ भन्छिन् डा. वन्दना शिवा ।

तर त्यस्ता व्यापारीहरुले सायद यो विचार गर्दैनन् कि यसरी विषादी प्रयोग गर्दा वातावरणमा जान्छ तब ती व्यापारी उनका परिवारहरु जान्छ । यस किताबमा देखाइएको छ कसरी विषादीले महिला र पुरुषमा बाँझोपन, गर्भपतन, अपांगता भएको बच्चा जन्मिन सक्छ । दृष्टिमा समस्या भएर आँखा नै देख्न नसक्ने मृगौलामा विभिन्न समस्या हुने समस्या त छँदैछ ।

यस किताबमा दिइएका विभिन्न घटनाहरु पढ्दा मनमा अत्यास लाग्छ कसरी हामीहरु विषादी खान्छौं, विषादीमा सास फेर्छाैँ विषादी छालामा टाँस्छौं र अनेर रोगका शिकार बन्छौं । विभिन्न विषादीहरुको कारणले महिलाहरुको शरीरमा पाइने ओस्ट्रेजोनको मात्र बढ्न जान्छ । यसले गर्दा स्तन क्यान्सर हुने संभावना बढ्न सक्छ ।

वैज्ञानिक डा. बन्दना शिवा, चिकित्सक डा. मिरा शिवा र डा. वैभव सिंहले धेरै नै अध्ययन र अनुसन्धान गरेर लेखिएको यो किताब विषादीको प्रयोग गर्नेहरुलाई हतोत्साहित त गर्छ नै नीति बनाउने मानिसहरुको पनि आँखा खोल्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.