www.tandavnews.com
Fact ~ In search of truth

ह्याकरको निशानामा परेपछि नेपालका बैंकका एटीम बन्द

पोखरा ।

नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेका छन्। प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए। शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.