www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ब्याक्हो अपरेटर ट्रेनिङ संचालनमा

पोखरा
ताण्डव संवाददाता ।

‘हातमा सीप, भविष्य सुनिश्चित’ उद्घोष सहित पोखरा १४, चाउथेमा संचालित ग्लोबल ट्रेनिङ सेन्टरले ब्याक्हो लोडर अपरेटर ट्रेनिङ संचालन गरेको छ ।

बढ्दो भौतिक विकास निर्माणका योजनाहरुमा मुलुक भित्रबाट नै रोजगारी सिर्जना गर्ने हेतुले उक्त सेन्टरले टेरेक्स ब्याक्हो लोडर अपरेटर ट्रेनिङ संचालन गरेको हाे । ‘बेरोजगारी समस्या र युवा जनशक्ति विदेश पलायन हुन बाट रोक्नका निम्त्ति हामीले यस किसिमको ट्रेनिङ सेन्टर संचालनमा ल्याएका हौं ’ अपरेटर प्रशिक्षक प्रमोद सन्त्यालले भने, ‘हाम्रो प्रयास युवाहरुलाई दक्ष बनाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु हो ।’

Batas

सेन्टरले एक महिना अवधिमा टेरेक्स ब्याक्हो लोडर अपरेटिङ गर्न सक्ने गरी दक्ष बनाउनेछ । सीटीभीटीईको पाठ्यक्रम अनुरुप अडियो तथा भिडियो मार्फत पढाईने व्यवस्था गरिएको प्रशिक्षक अनुप कुमार श्रेष्ठले जानकारी दिए ।  ‘ब्याक्हो लोडर प्रत्येक स्थानीय तहका वडाहरुले समेत आफैं खरिद गर्ने अवस्था आईसक्यो’ श्रेष्ठले भने, ‘आवश्यक दक्ष जनशक्ति नहुँदा लोडर संचालन गर्ने स्थिती नै नभएकोले पनि हामीले यस किसिमको कक्षा संचालनमा ल्याएका हौं ।’

एउटा सेसनमा २० जना प्रशिक्षार्थी मात्र लिने सेन्टरले प्रयोगात्मक र सैद्धान्तिक दुवै गरी दिनमा १ घण्टा ३० मिनेटको कक्षा संचालन गर्नेछ ।  तालिम अवधिभर सम्भावित दुर्घटनाबाट जोखिम बहन गर्न सेन्टरले प्रत्येक प्रशिक्षार्थीको एक लाखको बिमा गरिने प्रशिक्षक श्रेष्ठले जनाए ।

तालिम शुल्क २२,५०० तोकिएको छ ।

चाउथेमा सात रोपनी जग्गा क्षेत्रफलमा झण्डै दुई महिना अघिदेखि संचालनमा आएको हो । ट्रेनिङ सेन्टरले तालिमका क्रममा आवश्यक किटको व्यवस्था गर्नेछ भने मेसिन मर्मत सम्बन्धि आधारभूत ज्ञान उपलब्ध गराउने छ ।

नेपाल भरीमै काठमाण्डौं उपत्यका बाहिर ग्लोबल ट्रेनिङ सेन्टर पोखराले मात्र यस किसिमको सेवा संचालनमा ल्याएको कम्पनीको दाबी छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.