www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङ कालिकामा भत्तजनकाे घुइँचाे

ताण्डव न्युज

चैतेदशैंको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा पूजापाठ गर्ने र मेला अवलकोन गर्नेको घुइँचो लागेको हो । सो मन्दिरमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले विभिन्न पशुपक्षीको बलि दिने चलन पनि छ ।

Batas

मन्दिरमा हजारौंको संख्यामा श्रद्धालु भक्तजनको भीड लागेपछि भक्तजनलाई कडा सुरक्षाका बीच लाइनमा राखेर पूजाआजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

मन्दिरमा नेपालका विभिन्न स्थानलगायत भारतबाट दर्शनार्थी आएका छन् । चैतेदशैंको आज मुख्य दिन भएका कारण हजारौंको संख्यामा श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आएका हुन् । प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशैं मेलाले ठूलो सहयोग पुर्‍याउने पर्यटन व्यवसायी बताउँछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.