www.tandavnews.com
Fact ~ In search of truth

भानु नगरपालिकाको अाव बजेट ७६ करोड

दमौली,  (रासस) 

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष ०७५÷७६ का लागि पारित गरेको बजेट सार्वजनिक गरेको छ ।

असार महिनामै पारित भइसक्नुपर्ने बजेट नगरसभाले असोज महिनामा पारित गरेको हो । भदौको अन्तिम साताबाट मात्रै भानुको नगरसभा शुरु भएको थियो । नगरपालिकाका जनप्रतिनिधिको आन्तरिक विवादले बजेट सार्वजनिकमा ढिलाइ भएको हो ।

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नगरसभाबाट पारित भएको रु ७६ करोड ६७ लाख ८६ हजार ६१४ को बजेट सार्वजनिक गरे । सार्वजनिक बजेटअनुसार पूँजीगत तर्फ रु २९ करोड १२ लाख १६ हजार ६१४ र चालु तर्फ रु २० करोड २९ लाख ७० हजार रहेको छ । सार्वजनिक बजेटमध्ये रु २७ करोड २६ लाख सर्शत अनुदान तर्फको रहेको नगर प्रमुख गौलीले बताए ।

‘कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार ः सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार’ भन्ने नारालाई आत्मसाथ गरेर बजेट निर्माण गरिएको उनको भनाइ छ ।

थानीमाई, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोटगाउँ पर्यटन क्षेत्र, बाँसपानी होमस्टे, टुटेपानी होमस्टे, रानागाउँ होमस्टेलगायतका पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.