www.tandavnews.com
Fact ~ In search of truth

अर्थमन्त्री डा खतिवडाबाट संसदमा बजेट प्रस्तुति सुरु

काठमाडौँ, १५ जेठ (रासस) ः संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका छन् ।

नेपाल सरकारले हरेक जेठ १५ मा संसद बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाबमोजिम अर्थमन्त्रीले केहीबेरअघि शुरु भएको बैठकमा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।

नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि गठित नेपाल कम्युनिष्ट पार्टीको बहुमतको सरकारले आफ्नो पहिलो बजेट प्रस्तुत गरेको हो ।

आजकै मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको थियो । यही जेठ ७ गते संसद प्रस्तुत सरकारको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.