www.tandavnews.com
Fact ~ In search of truth

इञ्जिनीयर खड्का घुस लिएको अभियोगमा पक्राउ

खजुरा, बाँके (रासस)

बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति नेपालगञ्जको बिपी चोकस्थित दङाली केसी मम सेन्टरबाट रु एक लाखसहित इञ्जिनीयर खड्कालाई थलामै पक्राउ गरेको हो ।

Batas

गाउँपालिकाको वडा नं ६ हिरिमिनियास्थित माटो पटान तथा ग्राभेल सडक निर्माणको कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग खड्काले घुस मागेको आयोगका निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.