www.tandavnews.com
Fact ~ In search of truth

महानगर भित्रका विजुलीको पोलमा राखिएका प्रचार सामाग्री हटाइने

पोखरा
ताण्डव न्यूज ।

पोखरा–लेखनाथ महानगरले बिद्युतका पोलमा राखिएका प्रचार सामाग्री हटाउने भएको छ । महानगरले विज्ञापनका लागि टागिएका ब्यानर, तुललाई चैत २२ गते बिहीबारदेखि निषेध गर्ने भएको हो ।

महानगरले सूचना जारी गर्दै सडक छेउछाउ तथा सडक क्रस गरी तुल ब्यानर राख्न नदिने उल्लेख गरेको छ ।

Batas

पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले एक हप्ते सूचना जारीसँगै बिहीबारदेखि पोलमा रहेका व्यानरहरु हटाइने बताए ।

‘अब पोलमा व्यानर राख्नको लागि पनि महानगरबाट स्विकृत हुने छैन्,’ उनले भने, ‘अहिले महानगरले नै सफा गर्नेछौं । त्यसपछि पोलमा व्यानर राखिएको पाइएमा कारवाही हुनेछ ।’

विज्ञापनको लागि वार्षिक पैसा बुझाएका दुई कम्पनीको ब्यानर बाहेक अन्यको हटाइने उनले बताए ।

‘असान्तमसान्तर पछि बाँकी संस्थाको पनि हटाइनेछ ,’ उनले भने । उनका अनुसार एउटा पोलमा ब्यानर वा तुल टाँगेमा १५ हजारसम्म जरिवाना र सार्वजानिक ऐन अन्तर्गत कारवाही हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.