www.tandavnews.com
Fact ~ In search of truth

वारीबेनी–बाँसखर्क सडक पन्ध्र दिनपछि सञ्चालन

पर्वत,  (रासस)

कालीगण्डकी नदीमा आएको बाढीले कटानका कारण अवरुद्ध बनेको बेनी–बगरफाँट–बाँसखर्क सडक सञ्चालन भएको छ । गत भदौ २७ गते राति आएको बाढीका कारण अवरुद्ध बनेको सडक शुक्रबारदेखि खुलेको हो ।

उत्तरी पर्वतको जलजला गाउँपालिका १, २, ३ र ५ लाई जोड्ने वारीबेनी–बगरफाँट–बाँसखर्क सडक अस्थायी रूपमा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।

जलजला गाउँपालिकाको नदीले कटान गरेको सडक मर्मत गरेर अस्थायी रूपमा सवारी सञ्चालन गर्न सकिने बनाएको स्थानीय जलजला वडा नं ३ का वडाध्यक्ष रवि भण्डारीले जानकारी दिए ।

वारीबेनीदेखि बगरफाँटको बीचमा पर्ने करीब २० मिटर सडक कालीगण्डकीले बगाएको थियो । सडक सञ्चालनमा आएपछि निर्माण सामग्री, खाद्यान्न ढुवानी गर्न सहज भएको छ । सडक सञ्चालनमा आएपछि जलजला–१ बाँसखर्क, २ माझफाँट र ३ बगरफाँट तथा वडा नंं ५ लेखफाँटका बासिन्दा चाडबाडको बेलासँगै लाभान्वित बनेका छन् ।

यो सडक हुँदै बाँसखर्कबाट वार्षिक  पाँच करोड रुपैयाँको सुन्तला निर्यात हुँदै आएको छ । कटानकै कारण नदी किनारमा रहेको बगरफाँट र बारीबेनी बस्ती जोखिममा रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.