www.tandavnews.com
Fact ~ In search of truth

युवा र किसान लक्षित कार्यक्रम अगाडि सारेका छौं

पोखरा,
ताण्डव न्यूज ।

अध्यक्ष हुनुभएको लामो समय भयो, अहिलेसम्म गाउँविकासमा केके गर्नुभयो ?

हामीले २० वटाजति कानुनविधि पास गर्यौ । गाउँपालिकाको एकिकृत गुरुयोजना तयार पार्ने काम पनि भयो । अन्य बजेटलाई पनि जनमुखी बनाउने आधारपनि खोजीएको छ । यो गाउँपालिका सबभन्दा विकट छ । १२ वडामा एक ठाउँमा पनि सडक पिच छैन् । ती सडकहरुपनि विशेष प्राथमकिता दिएर बस्ती नजोडिएकोलाई ट्राक ओपनिङ गरिरहेका छौं । सुरुआतको समयमा कुनै स्रोत साधन र कर्मचारी पनि थिएन् । विस्तारै फुलफिल गर्दै अहिले १२ वटै कार्यालयमा इन्टरनेटसहितको व्यवस्था गरेका छौं । अनलाइन घटना दर्ता गर्ने काम पनि भएको छ । वडा कार्यालयको लागि निशुल्क जग्गा प्रदान गर्ने काम पनि भएको छ ।

Batas

जनताहरु गाउँपालिकामा कस्ता–कस्ता गुनासा लिएर आउँछन् ?

हिजोको तुलनामा अहिले केही सुधार भएको छ । यहाँ बाटो, बिजुली र कार्यालय जानै गाह्रो लगायतका अत्यान्तै समस्याहरु छन् । त्यो बाहेकको अरु गुनासाहरु नियमितरुपमा आएको पाइदैन् । दैनिक सिफारिसहरु वडाबाटै हुने भएकोले त्यस्तो गुनासा आएको पाएको छैन् । सामान्य झगडाहरु वडाबाटै मिलापत्र हुने गर्छ नसक्ने खालको छ भने जिल्ला तिर पठाउने गर्छौं । जनप्रतिनिधि खाली बसेको छैनन भन्ने कुरा जनतालाई थाहा छ, त्यसैले पनि ठूलै गुनासो बोकेर आएको स्थिति छैन् । जनताको सहयोग र समर्थन पाइराखेका छौं ।

गाउँघरतिरको टड्कारो समस्या के रहेछन् ?

अहिलेको समस्या भनेको बाटो नै हो । अनि विद्यालय, शिक्षा हो । स्वास्थ्यमा केही सुधार भएको छ । विद्यालयको अवस्था एकदम नाजुक छ । विद्यार्थीहरु पनि छैनन् । बाटोकै कारण बसाइसरेर सहर जाने अवस्था छ । त्यसको लागि गाउँमै स्वरोजगार बनाउने तयारीमा छौं । अहिले युवा लक्षित, किसान लक्षित कार्यक्रम पनि ल्याएका छौं । दुई वर्षभित्र एकघर एक धाराको अभियान पनि सम्पन्न गर्नेछौं । बिजुली प्राय सबै वडाहरुमा पुर्याएका छाै‌ ।

अहिले तत्कालिन कुन योजनामा व्यस्त हुनुहुन्छ ?

भर्खरै गाउँसभा सम्पन्न भयो । धेरै योजनाहरु पनि छन् । बेलैमा सम्पन्न गर्नको लागि सबै वडाका प्रतिनिधिलाई परिचालन गर्नेमा लागेका छौं । पर्यटनको नयाँ रुट खुल्ला गर्ने, केबलकारको कुरा पनि अगाडि सारेका छौं, लगानीकर्तासँग सेयर गरेर सम्झौता गरेर किसान र युवा लक्षित कार्यक्रमहरु अगाडि सारेका छौं । एक सय जना युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम ल्याएका छौं । किसानलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम र बजेट पनि ल्याएका छौं । यसैको बारेमा विज्ञहरुसँग छलफल मै व्यस्त छौं ।

अबको ४ वर्षमा मादी गाउँपालिकालाई कुन अवस्थामा देख्न सकिन्छ ?

भौतिक संरचनाको हिसावमा बाटोघाटोमा समस्या छ । यसमा मुख्य तीनबाटोलाई स्तरउन्नती गराइनेछ । कम्तीमा शिक्षाको कारण बजार पलायन हुनुपर्ने अवस्था नदिनको लागि शिक्षामा आमुल परिवर्तन गर्ने तयारीमा छाै‌ । सरकारी विद्यालयमा जनतालाई सन्तुष्टी दिनेमा लागेका छौं । आगमी वर्षहरुमा पर्यटनलाई प्रमुख प्रथामिकतामा राखेका छौं । पर्यटकीय संभवाना बोकेको ठूलाठूला ठाउँहरु भएको हुनाले त्यसलाई पर्यटकीय गन्तव्य रुपमा विकास गरी एक लाख पर्यटक भित्राउने योजना बनाएर अगाडि बढेका छौं । कम्तीमा पनि पूर्वाधार तयार गछौं र आगमी १० वर्षभित्र नेपाल सरकारले दिएको लक्ष्य अनुसार प्रतिव्यक्ति आए ५ हजार अमेरिकी डलर पु¥याउने गरी योजनाबद्ध तरिकाले काम गरेका छांै ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.