www.tandavnews.com
Fact ~ In search of truth

भिमकाली कप : रञ्जनको गोलसँगै आयोजक टिम क्वाटरफाईनलमा

पोखरा।

पुरानो टुडिखेलमा गत १६ गते देखी जारी दोस्रो भिमकाली कपको आईतबार सम्पन्न प्रि–क्वाटरफाईनलबाट आयोजक टिम, रि युनाईटेड, लेकसाईड फुटबल क्लब, रत्न समाज, बि–१३ बाझापाटन, एल.जि एसोशियसन, सँगम फुटबल क्लब र तारा फुटबल क्लब बिजयी भएसँगै क्वाटरफाईनलमा प्रबेश गरेको छ ।

आईतबार सम्पन्न पहिलो खेलमा आयोजक टिमले ए.वाई.सि भण्डारढिकलाई १–० गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो । आयोजकको जितमा रन्जन पुनले निर्णायक गोल गर्न सफल रहे ।

Batas

डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र रि युनाईटेड बिच भएको दोस्रो खेल गोलरहित भएपछि ट्राईबेकरमा ५–४ को गोल अन्तरले पराजित गर्दै रि युनाईटेडले क्वाटरफाईनलका लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा लेकसाईड फुटबल क्लबले १–० को गोल नतिजा सहित केबि गाईजलाई प्रतियोगिताबाट पाखा लगायो ।

रत्न समाज र गैरी युनाईटेड बिच भएको चौथो खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राईबेकरमा ६–५ को गोल नतिजा सहित पराजित गर्दै रत्न समाज क्वाटरफाईनलमा प्रबेश ग¥यो ।

प्रतियोगिताको पाचौ खेलमा बि–१३ बाझापाटनले २–० गोल अन्तरले रन्जन मेमोरियललाई प्रतियोगिताबाट पाखा लगाउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो ।

बिष्णु पादुका क्लब र एल.जि एसोशियसन बिच भएको छैटौं खेलमा समान १–१ गोल भएपछि ट्राईबेकरमा ६–५ को गोल नतिजा सहित एल.जि एसोशियसन बिजयी भयो ।

सातौ खेलमा सँगम फुटबल क्लबका बेल प्रसाद गुरुङले निर्णायक गोल १ गरै सँगै एम–१२ प्रतियोगिताबाट बाहिरीयो । आर्ईतबार सम्पन्न अन्तिम खेलमा तारा फुटबल क्लबले ५–१ को फराकिलो गोल नतिजा सहित पसगाउँलाई हराउदै क्वाटरफाईनलमा प्रबेश गरेकोे खेल संयोजक मनोज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सोमबार क्वाटरफाईनलका ४ खेल सञ्चालन हुनेछन भने प्रतियोगिताको फाईनल आगामी २६ गते हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.