www.tandavnews.com
Fact ~ In search of truth

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगल एयरलायन्सको विमान दुर्घटना

पोखरा,
ताण्डव न्यूज
युएस–बंगल एयरलायन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । दिउँसो २ बजेर २० मिनटे जाँदा अवतरणका लागि अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।

दुर्घटनापछि विमानमा लागेको आगो नियन्त्रणको लागि प्रयास भइरहेको छ । विमानमा लागेको आगो दमकलको सहायतामा नियन्त्रणमा लिइएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि उडेको उक्त विमानमा चालकदलका सदस्य सहित ७६ जना यात्रु रहेको खुलेको छ ।

Batas

अहिलेसम्म १४ जनाको उद्धारको लागि अस्पताल पु¥याइएको छ । विमान दुर्घटनामा परेपछि अहिले त्रिभुवन विमानस्थल उडान तथा अवतरण रोकिएको छ । घटनाको विस्तृत जानकार आउँन अझै बाँकी छ ।
तस्विर ः एजेन्सी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.