www.tandavnews.com
Fact ~ In search of truth

दर्ता नं ६१० : बतास अर्गनाइजेसनका विपेन्द्र बतास विरुद्ध ठगीको जाहेरी दर्ता , कहिले पक्राउ गर्छ प्रहरी ?

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

बतास अर्गनाइजेसनका विपिन भनेर चिनिने विपेन्द्र बतास विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भएको छ । बतासले ठगि गरेको भन्दै दाल प्रसाद श्रेष्ठ (मनोज)ले जाहेरी दर्ता गराएका हुन् ।

जाहेरी एक हप्ता अघि नै पेस गरेको भएपनि जिल्ला प्रहरी कार्यालय कास्कीले आज सोमबार मात्रै जाहेरी दर्ता गरेको हो । केही वर्षअघि रकम लिनदिनेको सम्झौता गरी रकम नदिइ ठगि गरेको आरोप पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले लगाएका हुन् ।

Batas

पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी ओम बहादुर रानाले अाज जाहेरी दर्ता भएको र भोली अदालतबाट आदेश भएपछि बतासलाई पक्राउ गरिने जनाए ।

ताण्डव न्यूजमा उनले गरेको ठगिबारे समाचार प्रकाशन भैसकेको छ । सोही समाचारका कारण अत्तालिएका बतासले सिआइबीमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरी विरुद्ध मुद्धा दर्ता गराएका थिए ।

सिआइबीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पादक गिरीलाई आज पक्राउ गरि काठमाडौँ पठाएको थियो । अर्जुन गिरी हिरासत मुक्त भइसकेका छन् ।

 दर्ता भएकाे जाहेरी

 

याे पनि पढ्नुहाेस्

बतासको मनी पावर ! आफ्नो विरुद्ध समाचार आएपछि प्रहरी सेटिङमा पत्रकार पक्राउ

बताससँगको मिटिङमा ‘समाचार हटाउन’ भनिएको थियो

समाचार लेखेकै भरमा ताण्डवका सम्पादक गिरीलाई पक्राउ, पत्रकार निकटका संघसंस्थाको आपत्ति

ठग ! बदमास विपेन्द्रराज बतास

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.