www.tandavnews.com
Fact ~ In search of truth

ठग ! बदमास विपेन्द्रराज बतास

अर्जुन गिरी 
पोखरा, ताण्डव न्यूज ।
Batas
पोखरामा बतास भन्ने वित्तिकै नचिन्ने मान्छे कमै होलान । पोखरामा विशेष गरि व्यवसायको क्षेत्रमा बतास परिवारले एउटा गौरवमय इतिहास बनाएका छन् । त्यही परिवारका एक विपेन्द्रराज बतासलाई अहिले बदमासी गरेको आरोप लागेको छ ।
केही वर्षअघि रकम लिनदिनेको सम्झौता गरी रकम नदिइ ठगि गरेको आरोप पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पहारीले लगाएका हुन् । पहारीका अनुसार पोखराकै एक प्रतिष्ठित व्यवसायी भनेर विश्वास गर्दा ठगिमा परेको गुनासो गरे  । ‘हामीसँगै व्यवसायी गर्नेलाई त यसरी ठग्छ भने अरुलाई के गर्ला सोच्न पनि सकिदैन् ?,’ उनले भने, ‘उसैले सहिछाप लगाएर दिने भनेको रकम अझैसम्म दिएको छैन, न त छलफलमा नै आउँछ ।ठग बदमास भएपछि के लाग्दाै रहेछ र । ’
पहारीको २ करोड २५ लाख रुपैयाँ र श्रेष्ठको १ करोड ९८ लाख  रुपैयाँ गरि ४ करोड २३ लाख रुपैयाँ ठगि गरेको आरोप छ ।  बतास विरुद्ध जिल्ला प्रहरी कहाँ जाहेरी पेस गरेका छन् । जाहेरी दिन आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
यस विषयमा बुझ्नकालागि ताण्डव न्यूजले ४ पटकसम्म बतासलाई फोन गर्दा फोन उठेन ।
यस्तो छ घटना क्रम
विपेन्द्रराज वताससँग जनक र मनोजको पुरानै चिनजान थियो । सबै पोखराका व्यवसायी भएको हुनाले निकै राम्रो सम्बन्ध थियो । व्यवसायी गर्ने क्रममा उनीहरु २०७२ सालमा एउटा जग्गाको कारोबारमा सँगै  भए ।
नवलपरासी गैंडाकोटका रामकृष्ण देवकोटाले पोखरा–६ वैदाम र होटल सिम्रिक किनेका थिए । सोही जग्गा लिने भनेर जनक र मनोजले दुई करोड वैना देवकोटालाई दिएका थिए । तर, देवकोटाले भनेको समयमा उनीहरुलाई जग्गा दिन सकेनन् न त रकमनै फिर्ता गरे । त्यसपछि दुई जनाले त्यो वैना कागजातको आधारमा देवकोटाको होटल सिम्रिक र हल्लनचोकमा भएको दुई कित्ता जग्गा रोक्का गरिदिए । पछि अदालतले पनि जग्गा वेचेपछि उनीहरु रकम फिर्ता गर्ने भनेर पत्र समेत दियो ।
विवाद बढ्दै गएपछि न त जग्गा वेच्न पाए न त दुई जनाले आफ्नो रकमनै फिर्ता पाए । त्यत्तिकैमा सबैलाई जिनेकै जानेको र पोखरालेनै मान्ने व्यक्तिका रुपमा रहेका विपेन्द्रराज वतासले जनक र मनोजसँग एउटा प्रस्ताव ल्याए । वतासले मुद्दाबाट रोक्का गरिएको दुई कित्ता जग्गा मध्ये हल्लनचोक नजिकको कित्ता फुकुवा गरिदिन अनुरोध गरे, त्यसको सट्टामा बरु सिम्रिक होटलमा आफूपनि पार्टन बन्ने र उनीहरुको रकमको जिम्मा पनि लिने भनेपछि जनक र मनोज फुकुवा गर्न माने । त्यो जग्गा बेचेर जनक र मनोजलाई पैसा दिने भन्ने कुरा भयो ।
यता देवकोटा र वतासले त्यो जग्गा वैंकमा राखी रकम निकाले तर जनक र मनोज वेखबर रहे । त्यसपछि यस विषयमा कुरा गर्दा वतासले होटल सिम्रिकको जग्गा वेचेर रकम दिने भन्ने कुरा भयो । होटल सिम्रिकको जग्गामा पनि पहिलाको साहु टोपबहादुर परियारले मुद्दा हालेका थिए । सोही कारणले त्यो जग्गा वेच्न सक्ने कुरै भएन् । त्यसैमाथि त्यो जग्गा राखेर बैंकबाट लोन लिएको थियो । केही २/३ वर्ष यसरीनै विवादमा वितेपछि सबै मिलेर एउटा निर्णय गर्नुपर्छ भनेर छलफलमा बोलाइयो । वतास, पहारी, श्रेष्ठ लगायतका बसेर एउटा निर्णय लिए ।
सिम्रिक होटलको जग्गा लिलामी जाने थाहा पाएपछि सबै मिलेर लिने अनि सबैको रकम बाड्ने प्रस्ताव अघि स¥यो । सबै योजना वतासले बनाएका थिए । त्यसपछि सोही अनुसार लिलाम प्रक्रियामा अघि बढ्यो । अनि लिलामबाट ल्याएको जग्गा वतासले आफ्नो दाई शान्तराज वतासको नाम गर्ने भए ।
वतासकै रकम भन्दा बढि परेको हुनाले सबैले मन्जुरी जनाए । बैंकको ऋण वापतको १४ करोड १४ लाख रुपैयाँ तिर्ने भन्दै २०७४ साल साउन १८ गते जग्गा करार नामको सर्त अनुसार बिक्री गरि सबैले पैसा बाड्ने भनी रकम लिनेदिने सम्बन्धी करारनामामा ६ जनाले सहिछाप समेत गरेका छन् ।
विपेन्द्रराज बतास, जनकराज पहारी, दालप्रसाद(मनोज) श्रेष्ठ, पोखरा–१८ का बोधबहादुर कार्की, पोखरा–१८ का डिल्लीराज सुवेदी र रुपन्देहीका सुमन पुरीले सहिछाप गरेका छन् ।
उनिहरुबिच भएको सहमती पत्र

© 2019, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.