www.tandavnews.com
Fact ~ In search of truth

बताससँगको मिटिङमा ‘समाचार हटाउन’ भनिएको थियो

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

बतास अर्गनाइजेसनका विपेन्द्रराज बतासले ठगी गरेको गुनासो आएपछि ताण्डव न्यूजले प्रमाण सहित चैत २२ गते ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शिर्षकमा समाचार प्रकाशन गर्यो ।

समाचार प्रकाशनपछि विपेन्द्र नजिकका ब्यक्तिहरुले ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीसँग भेटेर कुरा गर्ने बताए । यस समाचारबारे सम्पादक गिरी र म ताण्डव न्यूजकै माधव भुसाल नजिक थियौँ ।

Batas

सम्पादक गिरीले बतास अर्गनाइजेसनको कार्यालय नयाँबजार जाने भनेपछि म तयार भए । बतास अर्गनाइजेसनको कार्यालय पुग्यौँ । म र सम्पादक गिरी बाहेक बताससहित ५ जना एउटा कोठामा थिए ।

हामीले समाचारमा उल्लेख गरेका कुराहरुबारे छलफल गर्यौँ । ‘प्रमाण नभई केही लेख्दिनँ सर । प्रमाण भएरै लेखेको हुँ’ सम्पादक गिरीले स्पष्ट भनेका थिए ।
करिब २ घण्टाको छलफलपछि बतास नजिकका एक ब्यक्तिले भने ‘अरु त केही होइन सर, न्यूज चै हटाइदिन पर्यो । त्यति गर्दिनुभए हुन्छ ।’ करिब ४ पटकसम्म यहि कुरा दोहोर्याइरहे ति ब्यक्तिले । तिनको नाम भने याद भएन । समाचार प्रकाशन भैसकेपछि कुनै हालतमा हटाउन नमिल्ने सम्पादक गिरीले बताएका थिए ।

बतास विरुद्ध समाचार लेखेकै कारण प्रहरीले आज सम्पादक गिरीलाई पक्राउ गरेको छ । बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए। सिआइबीले गिरीलाई पक्राउ गरिदिन कास्की प्रहरीलाई पत्र लेखेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.