www.tandavnews.com
Fact ~ In search of truth

विपिन कार्की भन्छन्, ‘एउटै क्यारेक्टरले मात्र चिनिइरहनु कलाकारको असफलता हो’

पोखरा
माधब भुसाल ।

फिल्म पशुपतिप्रसाद दर्शकमाझ नआइपुग्दासम्म विपिन कार्की सिने सर्कलका ब्यक्तिहरुमाझ परिचित नाम थियो ।

पशुपतिप्रसाद अघि रिलिज भएको फिल्म छड्केमा विन्दुको क्यारेक्टर निभाएका विपिन केही दर्शकको नोटीसमा परे । त्यसपछि आएका फिल्मबाट उनि त्यत्ति चर्चित भएनन् ।

Batas

जब ०७४ माघ १५मा पशुपतीप्रसाद रिलिज भयो, भस्मे डनको क्यारेक्टर चर्चामा आयो । विपिन कार्की नचिन्नेले भस्मे डन चिन्न थाले । ‘कहिलेकाहिं बाहिर कार्यक्रममा पुग्दा मेरो भर्जिन रुप (ओरिजिनल फेस ) चिन्दैनन् । भस्मे डन भनेर एउटा डायलग सुनाएपछि हुरुक्कै हुन्छन्’ विपिनले अनुभव सुनाए ।

छड्के, सुन्तली, जात्रा, लुट २, कालोपोथी र ताण्डव बजारमा आएका उनका फिल्महरु । सबै फिल्ममा उनको क्यारेक्टर फरक फरक छ । तरपनि विन्दु, विदुर, फणिन्द्र, पित्तल जस्ता क्यारेक्टर भन्दा भस्मे डननै दर्शकलाई प्रिय लाग्यो । ‘मैले सबै क्यारेक्टरको लागि उत्तिकै मिहेनत गरेको हुन्छु । तर भस्मे डन क्यारेक्टरले सबैलाई तान्यो । युवाहरुको लागि क्याची क्यारेक्टर भयो त्यो’ उनले भने ।

पशुपतिप्रसादको क्यारेक्टरले चर्चित भइरहँदा कलाकार एउटै क्यारेक्टरले चिनिइरहनु हुन्न भन्ने पक्षमा छन् विपिन । भन्छन्‘एउटै क्यारेक्टरबाट चिनिइरहनु भनेको कलाकारको असफलता हो ।’

फरक फरक भुमिकामा देखिने विपिन फिल्म नाका मार्फत दर्शकमाझ ‘गोल्डी’को भुमिकामा देखिदैछन् । नाका फागुन १७ गते काठमाडौं बाहिर र १८ गते काठमाडौंमा रिलिज हुँदैछ ।

ट्रेलर सार्वजनिक भैसकेपछि फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । लगत्तै रिलिज भएको ‘मेरो नाका’ बोलको गितको चर्चा पनि बजारमा उत्तिकै छ ।

‘तिब्बती नाकाबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै तिब्बतीहरु भारत पुग्छन् । यहिं विषयलाई फिल्ममा उठाइएको छ’ निर्माता प्रविन टक्की कार्कीले भने ‘ट्रेलर र गितको प्रतिक्रिया राम्रो पाइरहेका छौं ।’ व्यवसायीक र समिक्षात्मक सफलता प्राप्त गर्नेमा निर्माता कार्की आशावादी सुनिए ।

पोखरामा आयोजीत फिल्मको पत्रकार सम्मेलनमा निर्देशक एवं लेखक अमित श्रेष्ठ उपस्थित थिएनन् ।

‘अमित सानैदेखि त्यहाँको गतिविधीसँग साक्षात्कार थियो ।अमितसँगै त्यहाँ पुग्दा त्यो गतिविधिबारे जानकारी पाएपछि कथा तयार पारेर फिल्म बनाउने कुरा आयो’ कलाकार विपिनले सुनाए । फिल्ममा अभिषेक सुवेदीको पटकथा छ ।

फिल्ममा विपीनका अलवा रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्वलगायतका कलाकारहरुको अभिनय छ ।

थिन्ले ल्हामो नाका मार्फत रजतपटमा पाइला टेक्दैछिन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.