www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा विद्यार्थी नेता काफ्ले पक्राउ

पोखरा
ताण्डव न्यूज ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता सागर काफ्लेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

काफ्लेलाई कास्की प्रहरीले पोखरा बुद्ध चोकबाट हिजो (शुक्रबार) पक्राउ गरेको हो । काफ्ले पृथ्वीनारायण क्याम्पस (पिएनसी) विद्यार्थी संगठनका सह–इन्चार्ज हुन् ।

Batas

नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेपछि रिहाईको माग गर्दै विरोध कार्यक्रम अघि बढेपछि पार्टीका कार्यकर्ता र विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गर्न थालेको हो ।

विरोधका कार्यक्रम गर्दा घटना हुन सक्ने भन्दै विद्यार्थी नेता काफ्लेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले बताए । ‘कुनै घटना नहोस भनेर हामीले नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘ उनि कास्की प्रहरीको नियन्त्रणमा छन्।’

बुधबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको थियाे। उनीमाथी सार्वजनिक अपराध अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी अहिले महानगरीय प्रहरी परिसर काठमाडौको हिरासतमा छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.