www.tandavnews.com
Fact ~ In search of truth

के हो त बर्ड फ्लु ?

पाेखरा
ताण्डव न्यूज ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की र लगायतका पंक्षीहरुमा लाग्ने अति सक्रमक एवं घातक सरुवा रोग हो । यो रोग एभिएन इन्फ्लुएन्जा भाइरसले लाग्ने गर्दछ । कम घातक बर्डफ्लुलाई Low Pathogenic Avain Influenza (LPAI) भन्ने गरिन्छ, भने अति घातक बर्डफ्लुलाई Highly Pathogenic Avain Influenza (HPAI) भनिन्छ । HPAI मुख्य गरी H5N1 भाइरसले लगाउँछ । यो रोगको भाइरस RNA ले बनेको हुनाले यसले आफ्नो संरचना बदलिरहन्छ जसको कारणले यसको उपचार र रोकथाम चुनौतीपूर्ण छ ।

सन् १८७८ मा इटलीमा सर्वप्रथम कुखुरामा बर्डफ्लु पत्ता लागेको भएपनि मानिसमा भने पहिलो पटक सन् १९९७ मा हङकङमा बर्डफ्लु बाट ६ जना व्यक्तिको मृत्यु भएको थियो । सन् २००३ देखि हाल सम्म ज्छल्ज्ञ नामक बर्ड फ्लुबाट ८६० जना व्यक्ति संक्रमित भएकोमा जसमध्ये ४५४ व्यक्तिको मृत्यु भएको छ ।

Batas

मानिसमा बर्डफ्लुको संक्रमण बिरलै भएतापनि यो रोग लागिसकेपछि मानिस बाँच्ने सम्भावना भने ४० प्रतिसत मात्रै हुन्छ । यो भाइरस पंक्षीहरुमा एकदम चाडै सर्न सक्ने र ४८ घण्टाभित्र कुखुरा फार्मको ९० देखि १०० प्रतिशत कुखुरा मर्न सक्दछन् । हाँस र जङ्गली चराहरुमा भाइरस भएता पनि ती बिरामी नपर्न सक्छन् तर तिनले अरु पंक्षीहरुमा भाइरस सार्न सक्दछन् ।

नेपालमा कुखुरा व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा समय समयमा देखापर्ने बर्डफ्लु अहिले यस व्यवसायको प्रमुख चुनौतीको रुपमा देखा परेको छ । विसं २०६५ सालमा पहिलो पटक ज्छल्ज्ञ नेपालमा देखिएको थियो भने विसं २०६९/२०७० मा यो रोगले महामारी रुप लिई नेपालको पोल्ट्री व्यवसायमा ठूलो क्षति पु¥याएको थियो । यो रोग अति छिटो फैलिने घातक सरुवा रोग हो । यो रोग लागिसकेपछि उपचार पनि छैन् त्यसैले यो रोग लाग्न नदिनु र लागि सकेपछि फैलिन नदिनु नै सबैभन्दा उत्तम उपाय हो ।

पंक्षीमा बर्डफ्लुको लक्षण

– श्वासप्रस्वासमा समस्या जस्तै घ्यारघार गर्ने, सास फेर्न गह्रो हुने, ¥याल काढ्ने
– छेर्ने, झोक्राउने, दानापानी नखाने अण्डा उत्पादन घट्ने
– यदी H5N1 सङ्क्रमण भएमा एक्कासी ठुलो सङ्ख्यामा कुखुरा मर्ने

बर्डफ्लु सर्ने माध्यम

– यो रोग संक्रमित कुखुराको सुलिबाट वातावरणमा निष्कासन भाई हावा तथा अन्य माध्यम बाट फैलन्छ ।
– सुलीसँग प्रत्यक्ष वा अप्रत्यक्ष समपर्कमा आउने किसान तथा जो कोहीलाई यो रोग सर्न सक्दछ ।
– यस्तैगरी हावा पानीको माध्यमबाट यो रोग एक ठाउँबाट अर्को ठाउँमा सहजै सर्दछ ।
– काँचो तथा राम्रोसँग नपाकेको कुखुराको मासु वा अण्डा सेवनले पनि यो रोग लाग्ने सम्भावना हुन्छ ।

बर्डफ्लु संक्रमित क्षेत्रबाट अन्य क्षेत्रमा रोग फैलिन नदिने उपायहरु

– बर्डफ्लु देखापरेको अवस्थामा त्यस क्षेत्र भित्रका कुनै पनि पंक्षीजन्य पदार्थहरु अन्य क्षेत्रमा ओसार पसार नगर्ने ।
– कुखुरा नष्ट गर्न आउने टोली र स्वास्थ्य टोलीहरुलाई बिरामी वा मरेका कुखुरा वा पंक्षी भएको स्थानको पहिचान गर्न मद्दत गर्ने साथै निसक्रमण गर्न सहयोग गर्ने ।
– यदि मानिसमा पनि रोग लागेको संका भएमा स्वास्थ्य टोलीलाई तुरुन्तै जानकारी गराउने ।
– कुखुरा नष्ट गर्न आउने टोली नआएसम्म मरेका कुखुरा, हाँस, वा पंक्षी जथाभावी हुन वा बच्चाहरुलाई खेलाउन नदिने ।
– संक्रमिक क्षेत्रलाई सरकारले रोग मुक्त क्षेत्र घोषण गरेर र व्यापार खुल्ला गरेपछि मात्र पंक्षी वा पंक्षीजन्य सामानको ओसारपसार गर्ने ।

रोकथामका उपायहरु

१. आफ्नो फार्ममा जैविक सुरुक्षाका उपायहरु लागु गर्ने

– जंगली पंक्षीहरु आफ्नो फार्ममा पालेका कुखुरा, हाँसहरुसँग सम्पर्कमा आउन नदिने ।
– हाँस र कुखुरालाई छुट्टाछुट्टै खोरमा पाल्ने र एकै ठाउँमा चर्ने नदिने ।
– भरपर्दाे स्रोतबाट मात्र चल्ला, दाना र अन्य सामग्री भित्र्याउने ।
– बिरामी कुखुरालाई अन्य पंक्षीसँग लसपस हुन नदिने ।
– बजारमा बेच्न लगिएका कुखुरा फिर्ता नल्याउने ।
– खोरमा पस्दा÷निस्कदा साबुन पानीले राम्ररी हात धुने ।
– मरेका हाँस, कुखुरा तथा सुली, प्वाँख आदि नथाभावी नफाल्ने ।

२. अबैध ओसार पसार नगर्ने नगराउने । कसैले अबैध पदार्थ ओसार पसार गरेको थाहा पाएमा सम्बन्धित निकायमा जानकारी दिने ।

३. कुखुरा, हाँस वा अन्य पंक्षीहरुमा आकस्मिक रोग देखापरेमा वा मृत्यु भएमा तुरुन्तै नजिकको पशुसेवा कार्यलय वा नजिकको भेटेरीनरी डाक्टरलाई जानकारी गराउने र खुल्ला हातले बिरामी वा मरेका कुखुरा नछुने ।

(अधिकारी पशु चिकित्सक हुन् )

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.