www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : कास्कीमा पनि भेटियो बर्डफ्लू , लाेकल कुखुरा मरे

पोखरा
ताण्डव न्यूज।

कास्कीको मादी गाउँपालिका ३ मा स्थानीय जातको कुखुरामै बर्ड फ्लू रोग लागेको पाइएको छ ।

स्थानीयको ५० भन्दा धेरै कुखुरा लगातार मरेपछि नमुना संकलन गरी परिक्षण गर्दा ति कुखुरामा बर्डफ्लूको संक्रमण भेटिएको पशु चिकित्सक डा. गृष्म न्यौपानले जानकारी दिए । ‘कुखुराहरु लगायतार मर्न थालेपछि गाउँलेले खबर गरेका थिए,’ उनले भने, ‘मरेका कुखुरा हामीले परिक्षण गर्दा बर्डफ्लूको भाइरस एच फाइभ एन वान देखियो । यसको भेरीफाइका लागि काठमाडौँमा रहेको प्रयोगशालामा पनि पठायौँ त्यहाँ पनि बर्डफ्लू नै भन्ने सियोर भएपछि हाम्रो टोली यहाँ खटिएको छ ।’

Batas

बर्ड फ्लू नै भेटिएको पक्का भएपछि सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले चिकित्सकहरुसँग छलफल गरी नियन्त्रको लागि चिकित्सकहरु मादी पुगेका हुन् । मादीमा फागुनको तेस्रो हप्ता देखि धमाधम कुखुरा मर्न थालेका थिए ।

अहिले मादी प्रवेश गर्ने र बाहिरीने क्षेत्रबाट अन्यजातका कुखुरा भित्र्याउन, बाहिर लैजान र दाना ओसारपोसार गर्न पनि रोक लगाइएको उनले जानकारी दिए । त्यस्तै चिकित्सकहरुले सचेत रहन पनि आग्रह गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.